स्वादिला बालकविता; शृङ्खला – १३
१. मुसुमुसु हाँस्दछिन् - सूर्य खड्का बिखर्ची
पिँढीनेर जाँतो छ
जाँतोनेर ढिकी छ
मेरी सानी नानीको
निधारमा टिकी छ ।
लाली घस्छिन् ओठमा
गाजल लाउँछिन् आँखामा
ताराबाजी भनेर
गीत गाउँछिन् भाकामा ।
…