सुटुक्क यो दिलमा बसाई सरे, कस्तो हुन्थ्यो होला ?
ए काली! तिमी मेरै भरमा परे, कस्तो हुन्थ्यो होला ?

जानीजानी गल्ती गर्नुको सजाय, के दिन्छ्यौ प्रिय ?
सजायमा त्यो दिलमा कैद गरे, कस्तो हुन्थ्यो होला ?

तिम्रो जवानी देख्दा यो मेरो मन सम्हालिन सक्तैन
मैले यो प्रेमको सिमाना तरे, कस्तो हुन्थ्यो होला ?

एक तिमी, एक म अनि हाम्रो मात्तिएको रातमा
यो रातमा मातको सुगन्ध छरे, कस्तो हुन्थ्यो होला ?

दुई जवानीको एक प्रेम, म छु रित्तिएको कुवा
त्यो जवानीको प्रेम ममा भरे, कस्तो हुन्थ्यो होला ?