हरेक पल तिमीलाई मात्रै, सम्झिने बानीहरूले
प्रतीक्षा तिम्रै गर्छन यी, आँखाका नानीहरूले
के सन्देश दिऊँ म, यो मायाको तिमीलाई प्रिया
युग-युगलाई हाम्रो प्रेम, बयान गर्छ कहानीहरूले
तिमी थोरै मुस्कुराएर, लजायौ अनायासै फेरि
नजिक सर्न अपिल गरेझैं, लाग्छ आनाकानीहरूले
हर रात तिमी आउँछौ, बिथोल्न मेरा यी आँखा
कति निटक थियौ बताउलान्, मेरा सिरानीहरूले
फूलसरी बास्ना फैलायौ, तिमीले त्यो यौवनको
के सम्हाल्न सक्थेँ आफूलाई, मेरा जवानीहरूले ।
भक्तपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला