म भोग्दै छु मेरै कहर जिन्दगीको,
सधैँ सुन्छु एकै खबर जिन्दगीको।
यहाँ दिन्छ कोही अहोरात्र धोका,
उसैले गरायो समर जिन्दगीको।
उडे देख्छु बादल छ आकाश ढाक्दै,
खुलेको छैन मेरो सगर जिन्दगीको।
रुवाएर जाने सयौँ छन् सफरमा,
भिजाएर मेरो नजर जिन्दगीको।
बगाएर आफ्नै नयन अश्रुधारा,
कहाँबाट थालौँ सफर जिन्दगीको।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 










