पुरुष: तिम्रो बाटो तिरैतिर, मेरो भिरैभिर,
म त खाउला आटो-पिठो,
माया, तिम्लाई खिरैखिर।

महिला: तिम्रो बाटो भिरैभिर, मलाई पिरैपिर,
म त खाउला आटो-पिठो,
माया, तिम्लाई खिरैखिर।

पुरुष: काँडा पन्छाई बनाइदिन्छु, फूलैफूलैको बाटो,
मनको बाटो खोलिदिन्छु, तिरैतिरको साटो।
किन रोज्यौ तिरैतिर?
म त खाउला आटो-पिठो,
माया, तिम्लाई खिरैखिर।

महिला:किन रोज्यौ भिरको बाटो, कुर्दै थिएँ म,
काँडा रोज्यौ फूलको साटो, फुल्दै थिएँ म।
किन रोज्यौ भिरैभिर?
म त खाउला आटो-पिठो,
माया, तिम्लाई खिरैखिर।

महिला:फूलबारीमा डुली हिँड्छौ, रोजी हिँड्छौ फूललाई,
सबै फूल राम्रा छन् नि, छोडी हिँड्छौ कुनलाई?
किन रोज्यौ भिरैभिर?
म त खाउला आटो-पिठो,
माया, तिम्लाई खिरैखिर।

पुरुष:लेकबेँसी फुलाइदिन्छु, पिरतीको फूललाई,
रातभरि डुलाइदिन्छु, मेरो मनको जूनलाई।
किन रोज्यौ तिरैतिर?
म त खाउला आटो-पिठो,
माया, तिम्लाई खिरैखिर।