आफ्नै खुबी बढाइचढाइ नभन्ने बानी राम्रो
हातमा थाली सिउँदो खाली देउता पुज्ने नानी राम्रो

कसिलो र रिमिक्क आँचल माथि गाजल उस्तै
भँमरालाई लठ्ठ पार्ने फूलको त्यो जवानी राम्रो

वचनको धारलाई भुल्न जहर थियो विकल्प
सम्झाइ गोरेटोमा हिँडाउने परानी राम्रो

गम्भीर दुवाडी

साउनमा फ्याँक्या काठ चैतमा काम लाग्छ
जीवन धान्न यो जुनिमा दुष्ट भन्दा दानी राम्रो

गोधूलिमा जून सित देउरालीमा लुकी बसेँ
सृष्टिको प्यास मेटाउने मूलको पानी राम्रो

गजुरी – धादिङ्ग