
एक पटक फेरि पनि त्यै सपनाकै भर पर्नु थियो
रित्तिएको आशमा खसी भित्र मनै देखि मर्नु थियो
कहिल्यै साथ नदिने साथीको हालखबर लिई आएँ
सारा दुनियाँ सामू मेरा पनि साथी छन् झैँ गर्नु थियो
कसैसँग बिछोडमा कसैसँग मिलनमा रोए आँखा
आँशु दियो ईश्वरले सायद प्रेमको हाट भर्नु थियो
आफ्नै मुटुलाई पनि त्यै झुटो मुस्कान देखाएर आएँ
आफैंलाई बचाइराख्न खुशीको भ्रम छर्नु थियो
पल पल मरेर कोही, पल पल मारेर बाँच्यो कोही
कोही लाग्यो अज्ञात यात्रा आखिर आर्यघाट तर्नु थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
