१)
झन्झन् फोस्रो चाका पाउँछु म नयाँ वर्षमा किन ?
पोहोरकै जडाउरी लाउँछु म यो नयाँ वर्षमा किन ?
बधाई र शुभकामना त आउँछन् उन्नति–प्रगतिका !
सधैं उस्तैउस्तै भएर उदाउँछु म नयाँ वर्षमा किन ?

२)
नौलो रौनक यहाँ कहिले भेटिएला ?
चाहना यो मनको कहिले मेटिएला ?
जिन्दगीका सपना अधुरै छन् साथी !
सुखको बार्दलीमा कहिले टेकिएला ?
३)

जीवनको गोरेटामा जताततै भीर छ
भारीको बोझमा मनैभरि पीर छ
लामो छ यात्रा, चर्कंदो छ घाम !
तिम्रो शुभकामना मेरा लागि जन्जीर छ ।

‍- पोखरा