तीनवटा डगीहरु रिसोर्टको अगाडि घुम्दै थिए । धेरैपल्ट ती डगीहरुलाई रिसोर्टका कामदारले पिट्ने र धपाउने गर्थे ।
रिसोर्टभित्र त पसिँदैन बाहिर कसैले दिए त खाने हो । यहाँ हाम्रो अधिकारमाथि हनन भएको छ । डगीहरु कानेखुसी गर्थे । पशु न थिए । मानवको अगाडि के चल्नु ।
रिसोर्टमा दरखाने कार्यक्रम चलिरहेको थियो । तीज भनेपछि नाचगान त हुने नै भयो । रिसोर्टको पछाडिको पर्खाल खासै अग्लो थिएन । एउटा डगीको काँधमा चडेर सजिलै हेर्न सकिन्थ्यो । सबै डगीहरुले पालैपालो भित्रको दृश्य हेरेँ।
डगीहरु अचम्मित र खुसी भए । बाहिर हामीलाई धपाए पनि भित्र हाम्रो नक्कल गरेर डगी नाच चलिरहेको छ त ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला