गङ्गा खड्का

“जुन दिन मेरी श्रीमतीले छोरी जन्माइन् त्यस दिनदेखि मलाई उनको अझै बढी मायाँ लाग्न थाल्यो किनकि मैले मेरी छोरीलाई मायाँ गरेजस्तै उनका बाबुआमाले पनि उनलाई मायाँ गरेका रहेछन्, मैले त अरूको मुटुको टुक्रा चुँडेर ल्याएको रहेछु भन्ने कुरा मैले त्यसै दिनदेखि बुझ्ने मौका पाएँ ।” देशका प्रतिष्ठित उद्योगपतिमध्ये प्रथम स्थानमा परेपछि एक टेलिभिजन च्यानलले लिएको अन्तर्वार्ताको सन्दर्भमा प्रभाकर भन्दै थिए ।

“अनि बाबुआमाले छोराछोरीलाई कति मायाँ गर्दा रहेछन् भन्ने बुझेपछि बाबुआमालाई चाहिँ कति मायाँ गर्नुपर्ने रहेछ भनेर बुझेनस् छोरा ?” वृद्धाश्रमको एक कुनामा बसेर अन्तर्वार्ता हेरिरहेकी उसकी बुढी आमा मनमनै प्रश्न गर्दै थिइन् ।