विजय र विनय विद्यार्थी जीवनका मिल्ने साथी ।एस. एल. सी. दिएको सत्ताइस वर्षपछि उनीहरू सामाजिक सञ्जालमा भेट भए । पशुपतिमा प्रत्यक्ष भेट गर्ने सल्लाह गरे र कैलाश चौरमा बसेर गफगाफ गर्न थाले ।

“के छ यार हालखबर? उन्नतिप्रगति” विजयले सोध्यो ।

“छोरालाई कृषि पढाएँ । अहिले जग्गा भाडामा लिएर सामूहिक खेती गर्छ । गाउँकै स्वास्थ्य चौकीको प्रमुख छ । बुढी सानो पसल चलाउँछे । मेरो मा.वि. शिक्षकको जागिर चौबिस वर्षमा चल्दै छ । म जग नभएको मान्छे । यति प्रगतिमा जीवनसँग सन्तुष्ट छु यार । ल तेरो खबर बता न “विनयले भन्यो ।”

“राजनीतितिर लागेँ । राम्रै सम्पत्ति कमाएको छु । बङ्ग्ला गाडी जोडेको छु । ठुलो छोरो इन्जिनियर क्यानडामा ब

इन्दिरा चापागाईं

सोबास गर्छ । सानो छोरो वैज्ञानिक नासाको अनुसन्धान समूहमा काम गर्छ । डाक्टर छोरी हार्वर्ड विश्वविद्यालयमा प्राध्यापक छ ।” विजयले भन्यो ।

“आहा! कति राम्रो, हाम्रो साठी जनाको समूहमा सबै भन्दा राम्रो प्रगति गर्ने त तैँ होस् यार ।”

गौरीघाटतिरबाट उक्लिँदै गरेका एक साधुले हाम्रो कुरा सुने र नजिक आएर भने, “भ्रममा छौ मनुष्य ! तिमीहरूले खास केही पनि गरेका छैनौ । गर्न सक्ने पनि छैनौ ।”

यस्तो कुरा सुनेर विनयलाई आश्चर्य लाग्यो । विजयलाई खुब रिस उठ्यो।

बाबा भन्दै गए,”केवल आयु घटाउने, समय कटाउने, सृष्टि चलाउने र काल पर्खिने भ्रममार्गमै  दौडिरहेका छौ ।”

सभापोखरी १ सङ्खुवासभा।