मलाई झोला उचाल्दा गरुङ्गो लाग्यो । झोला खोलेँ । सामान मिलाउन थालेँ । धेरै पुराना सामान रहेछन् । कामै नलाग्ने समान बोकेर हिँड्ने म कस्तो मान्छे ? आफैँले प्रश्न गरेँ । झोलाबाट ती पुराना सामानहरू सबै फालेँ । चाहिने मात्र राखेँ । झोला कति सुन्दर र सफा देखियाे । बोक्दापनि हलुङ्गो भयो ।
झोलामा भएको परिवर्तनले मेरो मस्तिष्कमा हलचल मच्चायो ।
अनि सोच्यो । अबको चुनावमा देशको फोहोर पनि सफा गर्नुपर्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










