साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

लघुकथाः काल

नारायण कोइराला

नारायण कोइराला

काल-काल भन्दै मानिसहरू दौडिए। म भने एक कुनोमा बसेर हेरेँ । नजिकैबाट ठूलो आवाज गुन्जियो । न त मलाई बचपनमा आमाले भने जस्तो ठूलो दाह्री, कपाल नै थियो । मैलो, धमिलो, डरलाग्दो पनि थिएन ।

काल नै हो भने धर्तीमा किन ? प्रत्यक्ष रूपमा दौडिएको छ। काल अदृश्य हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। दिनभरि यसै विषयमा सोच्दा पनि उत्तर पाउन सकिनँ ।

मनको खुल्दुली मेटाउन अनुसन्धान गर्न थालेँ। जति बेला पनि खुल्लमखुल्ला दौडने कालको अनुसन्धान गर्न मलाई सहज र चुनौती एकै साथ थियो। काल ! न त यमराजको आह्वानमा मानिसहरूको ज्यान लिँदै थियो, न त आफ्नो इच्छाले।

सम्बन्धित पोस्टहरु

लघुकथा- खेल

लघुकथा- आमाको फरिया

म त्यसै कालको ट्याग लगाउन पनि सक्ने अवस्थामा थिइन । प्रमाण पनि त चाहियो !

पहिला काल आयो भन्दै मानिसहरू दौडिएका थिए। आजभने कालले एकैपल्ट धेरैलाई मृत्युको मुखमा पुग्न बाध्य बनायो, उफ् ! भन्दै रुँदै थिए।

म एकछिन त्यो दृश्यलाई नियालेर हेरिरहेँ । न त त्यहाँ कुनै यमराजको प्रकाष्ट थियो न त कालको र पनि मानिसहरू मरीरहेका थिए। त्यो सत्य नै हो । मानिसले कसैको गल्ती लुकाएर निर्जीव वस्तुलाई काल भनेर सम्बोधन गरेको महसुस गरेँ ।

मेरो अनुसन्धान पनि सकियो। टिपरको गति र ड्राइभरको मनस्थिति बदल्न सकियो भने टिपरलाई काल भन्ने शब्द र मानिस भित्रको मानसिक तनाव एकैपल्ट अन्त्य गर्न सकिने रहेछ ।

तानसेन, पाल्पा
हाल: युएई

प्रतिक्रिया
Loading...