नारायण कोइराला

नारायण कोइराला
काल-काल भन्दै मानिसहरू दौडिए। म भने एक कुनोमा बसेर हेरेँ । नजिकैबाट ठूलो आवाज गुन्जियो । न त मलाई बचपनमा आमाले भने जस्तो ठूलो दाह्री, कपाल नै थियो । मैलो, धमिलो, डरलाग्दो पनि थिएन ।
काल नै हो भने धर्तीमा किन ? प्रत्यक्ष रूपमा दौडिएको छ। काल अदृश्य हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। दिनभरि यसै विषयमा सोच्दा पनि उत्तर पाउन सकिनँ ।
मनको खुल्दुली मेटाउन अनुसन्धान गर्न थालेँ। जति बेला पनि खुल्लमखुल्ला दौडने कालको अनुसन्धान गर्न मलाई सहज र चुनौती एकै साथ थियो। काल ! न त यमराजको आह्वानमा मानिसहरूको ज्यान लिँदै थियो, न त आफ्नो इच्छाले।
म त्यसै कालको ट्याग लगाउन पनि सक्ने अवस्थामा थिइन । प्रमाण पनि त चाहियो !
पहिला काल आयो भन्दै मानिसहरू दौडिएका थिए। आजभने कालले एकैपल्ट धेरैलाई मृत्युको मुखमा पुग्न बाध्य बनायो, उफ् ! भन्दै रुँदै थिए।
म एकछिन त्यो दृश्यलाई नियालेर हेरिरहेँ । न त त्यहाँ कुनै यमराजको प्रकाष्ट थियो न त कालको र पनि मानिसहरू मरीरहेका थिए। त्यो सत्य नै हो । मानिसले कसैको गल्ती लुकाएर निर्जीव वस्तुलाई काल भनेर सम्बोधन गरेको महसुस गरेँ ।
मेरो अनुसन्धान पनि सकियो। टिपरको गति र ड्राइभरको मनस्थिति बदल्न सकियो भने टिपरलाई काल भन्ने शब्द र मानिस भित्रको मानसिक तनाव एकैपल्ट अन्त्य गर्न सकिने रहेछ ।
तानसेन, पाल्पा
हाल: युएई



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









