“यही हिउँदमै बिहे गरी हाल्ने सुर थियो; उसको युरोपको भिसा लाग्यो । अब ‘पाँच वर्ष पर्ख’ भन्छ । कसरी पर्खिनु ?”

“जाबो पाँच वर्ष! नेपालमा खासै गाह्रो हुँदैन ।”

“के गर्ने भन त ?”

“त्रिविविमा स्नातकोत्तर भर्ना गर ।”

“त्यो प्रोग्राम जम्मा दुई वर्षे होइन र ?”

“हुन त हो नि ।… एक त, त्रिविका क्याम्पसमा नियमित क्लासै हुँदैन । निर्धारित समयमा कुनैको कोर्स सकिदैन । भनेको समयमा जाँच पनि हुँदैन । रिजल्ट हुन एकडेड वर्ष लागी हाल्छ । जाबो पाँच वर्ष बित्न के बेर !”

क्यान्टिनमा पल्लो टेबिलमा बसेर मःमः खाँदै गरेका सुमन र रेविकाको सम्वाद यो ।

यहाँ रेविका सुमनलाई भर्ना हुन सुझाउँदै थिई ।

लामो विदापछि क्याम्पस लाग्यो ।

सुमन हाम्रै क्लासमा रहिछे ।