सरकार परिवर्तन भयो आफूले आस र भरोसा गरेको मान्छे सरकार प्रमुख भएकोमा म प्रसन्न भएँ ! खुसीले हौसिएँ !
अब त केही हुन्छ कि भन्ने भरोसा उसमाथि राखेँ र उपहार स्वरूप मुलुकमा व्याप्त रहेको भ्रष्टाचारलाई बढार्ने प्रतिकका रूपमा कुचो उपहार दिएँ ।
उसले मलाई धाप मार्दै भने, “म आफै यो कुचोले भ्रष्टाचार बढार्ने छु ! ढुक्क हुनुस् ।”
म उपहार दिएर निस्केको मात्रै के थिए मुलुकलाई खोक्रो पारेका भ्रष्टाचारीहरुको एक हुल पसे !
तिनीहरूले सरकार प्रमुखले कुचो खोलेर छरपस्ट पार्दै गरेको देखे र साेधे, “हजुर यो के गरेको हजुर जस्तो मान्छेले ?”
ऊ मुसुक्क हाँसेर भन्याे, “भ्रष्टाचारीहरूलाई यै कुचोले बढार्नु भनेर यौटाले उपहार दिएको थियो । अब तपाईंहरू ढुक्क रहनुस् । नडराउनुस् । यो कुचोलाई छरपस्ट पारेँ । अब यो कुचोले भ्रष्टचारीलाई बढार्न सक्तैन ।”
हाम्रो हजुरको जय होस् भनेर एक स्वरमा नारा लगाए !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 









