बा हुनुहुन्थ्यो ।
बा घर ढिलो पुग्दा जहिल्यै गाली गर्नुहुन्थ्यो । गाली सुन्दा मलाई पीडा हुन्थ्यो; झर्को लाग्थ्यो; ‘कति कचकच गर्न सकेको हो’ जस्तो पनि लाग्थ्यो ।
फेरि के लाग्थ्यो भने, बाले गाली मात्र गर्नु भएको छ । यसको अर्थ सबै बिग्रिहालेको छैन । बाको गालीको गहनता र बिस्तारबाट म आफ्नो कसूरको गहिराइ थाहा पाउँथें । बा हुनुहुन्थ्यो र रातमा धेरैबेर बरालिन रमाउने साथीहरूसँग ‘बाले गाली गर्नुहुन्छ’ भनेर बिदा माग्ने निहुँ हुन्थ्यो ।
अब अहिले लाग्छ— मानिसलाई गाली गर्ने मान्छे चाहिंदो रहेछ । गाली गर्ने एउटा भरपर्दो मान्छे हुनु भनेको अडेस लाग्दा भुङ्ग लड्नबाट जोगाउने अडेसो हुनु रहेछ । मलाई अचेलभरि त्यो चाहिएको छ ।
सुन्नोस् न, के तपाईं मलाई ढिलो घर आउँदा र काम बिगार्न खोज्दा मेरो बाले जस्तै जिम्मेवारीका साथ मलाई गाली गरिदिन सक्नु हुन्छ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
रुद्र अधिकारी 'निर्दोषी'
जेष्ठ १६, मंगलवार ०९:०१