
“तिमी जसरी पनि आउनुपर्छ ।” टाउकै टाउकाहरूको हुलले भेटेर अनुरोध गर्यो, धम्क्यायो । अन्ततः केही सीप नलागी एकतालाई जबर्जस्ती देशमा हुल्यो । लामो समयको कोलाहल, द्वन्द्व, हिंसापछि बल्ल एकतालाई पछ्याउँदै शान्तिले पनि प्रवेश गरिन् ।
उता एकता र शान्तिको मोहजालमा परेका विकास र समृद्धि पानीबिनाको माछा जस्तै भए । कहिल्यै छुट्टिएर अलग नभएका उनीहरू अतालिए, छटपटिए । उनीहरू एकता र शान्तिसँगै आफ्नो भविष्य देख्ने गर्दथे । तसर्थ उनीहरूलाई भेट्न आतुर थिए । काम कुरा लत्त्याएर एकता र शान्तिलाई भेट्नका लागि सबै तम्तयार भए ।
जब आउनका लागि गाडी चढ्दै थिए, एउटा अखबारमा छापिएको समाचारको शीर्षकले उनीहरूको ध्यान आकृष्ट गर्यो । हतार हतार अखबार लिएर पढे । समाचार पढी सक्दा नसक्दै उनीहरू स्तब्ध भए, बेहोस भई भुइँमा लड्न पुगे । भुइँबाट अखबारको शीर्षक जोड जोडले चिच्याइरहेको थियो- “बलात्कारीहरूद्वारा बलात्कारपछि एकता र शान्तिको घाँटी निमोठेर हत्या ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

