वेदप्रसाद छटपट छटपट गरिराखेको छ । कहिले घडी हेर्छ, कहिले फोन । फोनमा इमेल खोज्छ ।
‘अहिलेसम्ममा त आउनु पर्ने होʼ मनमनै भन्छ ।
‘आऽ आए आउँछ, नआए आउँदैन । कति सुर्ता लिनु ? सुर्ता लिएर आउने हैन !ʼ आफै आफूलाई सान्त्वना दिन्छ ।
देशको ठूलो साहित्यिक संस्थाले आयोजना गरेको लघुकथा प्रतियोगितामा उसले पनि भाग लिएको र आज नतिजा आउने दिन भएकोले उसलाई छटपटी भएको हो ।
‘टुङ्…ʼ फोन बज्यो । नयाँ सन्देश आएको सङ्केत गर्छ । हतारिँदै फोन खोल्छ वेदप्रसाद । साँचै नतिजा नै आएको रहेछ । नतिजा पढेर ऊ तीन छक्क पर्छ ।
‘तपाईँले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) बाट लेखाउनु भएको लघुकथा हाम्रो एआइ निर्णायक टोलीले मूल्याङ्कनका लागि अयोग्य घोषणा गरेको छ । अब उप्रान्त आफैले लेखेको कथा मात्र पठाउन अनुरोध छ, धन्यवाद ।ʼ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ मंसिर २०८२, मंगलवार 








