“भ्रष्टाचार सम्बन्धी भुटानी शरणार्थी प्रकरणको एक्सन ट्रेलर मात्रै हो।कसैको दबाबमा नपरी पूरा फिल्म देखाउँछौँ।” सत्तारूढ दलका नेता भन्दै थिए।

संसदको हिउँदे अधिवेशन सुरु भयो। नेताहरू आआफ्नो कुरा राख्न थाले। विपक्षी दलका एक नेताले भने।

“सत्तारूढ दलका एक नेताले एक अन्तरवार्तामा भन्नु भएछ। भ्रष्टाचारको फिल्म देखाउँछु। हामी फिल्म हेर्न तयार छौँ। देखाउनुस् क्यान्टोनमेन्ट सम्बन्धी फिल्म।”

फेरि अर्को पार्टीको नेताले भने,

“मलाई भ्रष्टाचारमा मुछ्ने। त्यसो भए सबै पार्टीको सबै नेताको सम्पत्ति छानबिन गरौँ ।”