
एकादेशमा, समाचारमा आयो – नक्कली कागज बनाएर विदेश पठाउने गिरोहमा उच्चस्तरीय नेता तथा कर्मचारी संलग्न भएको पाइयो।
दोषी पत्ता लगाउन छानबिन समिति गठन भयो। बयान लिइयो। प्रमाणहरू सङ्कलन भए। गहिरो अनुसन्धान भयो।
प्रतिवेदन आयो – “सम्पूर्ण बयान, तथ्य, प्रमाण, नजिर आदिको आधारमा नक्कली कागजात बनाउने, नक्कलीलाई सक्कली हो भनी लेखेर सिफारिस गर्ने, फाइल उठाउने, फाइलमा तोक लगाउने, फाइल सदर गर्ने सबै कार्यमा एक मात्र बस्तु “कलम” मुख्य रूपमा संलग्न भएको पाइयो – कुनै बेला एउटा स्वचालित बन्दुक पुरै वंश नाश हुने गरी भटटटट गर्दै आफै पड्केर दोषी भएजस्तै। त्यसैले “कलम”लाई दोषी करार गरी हदैसम्मको सजायको लागि सिफारिस गरिएको छ।”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
