दाङ । राप्ती साहित्य परिषद् केन्द्र, दाङले यस वर्ष प्रा.डा. बाबुराम आचार्यसहित २४ जना स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। परिषद्को पुरस्कार छनोट समितिको बिहीबार बसेको बैठकले विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउनु भएको स्रष्टाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
२०८१ सालको ‘राप्ती साहित्य पुरस्कार’बाट प्राध्यापक डा. आचार्यलाई सम्मानित गरिने भएको छ। २०८० सालमा प्रकाशित जीवनी विधाको कृति ‘१८ थुङ्गा’ का लागि पद्मप्रसाद शर्मालाई ‘राप्ती साहित्य सिर्जना पुरस्कार’ प्रदान गरिनेछ। ‘नन्दहरि साहित्य पुरस्कार’ सुरेशकुमार पाण्डेय, ‘डोमादेवी साहित्य पुरस्कार’ शशीधर भण्डारी, र ‘दीलसरी दल अतिरिक्त साहित्य पुरस्कार’ मोहित श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको छ।
यसैगरी,’देवीचन्द्र साहित्य पुरस्कार’ डा. हरिप्रसाद तिमिल्सेना, ‘अयामुकुन्द प्रज्ञा पुरस्कार’ नारायण गौतम, ‘गोपाल चन्द्र प्रज्ञा पुरस्कार’ हरिप्रसाद पाण्डेय, ‘हरिप्रसाद मिना पाण्डेय कला साहित्य पुरस्कार’ केबी चौधरी, र ‘खोबिलाल हुकुमादेवी छन्द पुरस्कार’ गिरीराज खनाललाई प्रदान गरिनेछ।
‘पद्मप्रसाद रुपसा प्रज्ञा पुरस्कार’ अभि क्षेत्री समर्पण, ‘तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार’ प्रा.डा. कपिल लामिछाने, ‘चक्रपाणि लोकेश्वरी छन्द पुरस्कार’ कपिलकिशोर घिमिरे, ‘नित्यानन्द प्रज्ञा पुरस्कार’ सुमन सुवेदी, ‘चन्द्रमधु गीत संगीत पुरस्कार’ यादवनाथ योगी, ‘ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार’ भुपेन्द्रा मल्ल, र ‘प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार’ अमर अधिकारीलाई प्रदान गरिने भएको छ।
त्यस्तै, ‘श्रीबहादुर दीलमाया साहित्य पुरस्कार’ कर्णबहादुर बुढा मगर, ‘टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार’ महानन्द ढकाल, ‘जीवनचक्र साहित्य पुरस्कार’ हिरालाल केसी, ‘पं. कपिलमुनि भक्तकुमारी शिवादेवी स्मृति स्रष्टा सम्मान’ बिनु बुढाथोकी, ‘ऋषि लक्ष्मी साहित्य पुरस्कार’ खेमराज खड्का, ‘गोमादेवी स्मृति कला पुरस्कार’ दीपा बुढा, र ‘विष्णुनुमा साहित्य पुरस्कार’ मनिष गिरी ‘ऋतु’लाई प्रदान गरिनेछ।
साथै, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुर, कवि धर्मराज बैरागी देउखुरी, अग्रज साहित्यकार मधुसुदन गौतम, र नारी श्रष्टा बसन्ता शाहलाई सम्मान गरिने भएको छ। पुरस्कार तथा सम्मान वितरण कार्यक्रम आगामी बैशाख १९ गते परिषद्को वार्षिकोत्सवका अवसरमा आयोजना गरिने परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासीले जानकारी दिनुभयो। पुरस्कृत स्रष्टाहरूको प्रतिभा परिचयका लागि परिषद्का उपाध्यक्ष कमलमणि देवकोटालाई जिम्मेवारी दिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










