राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७०औँ श्रृङ्खलामा छन्द संगम कार्यक्रम परिषदको सभाहलमा सम्पन्न गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतित्यता तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रममा राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष तथा दाङ शाखाका पूर्व अध्यक्ष एवम् सल्लाहकार कमलमणि देवकोटा, प्रगतिशील लेखक सङ्घ दाङ शाखाका कोषाध्यक्ष चन्द्रबहादुर थापा, साहित्यकार नारायण नेपाल, नगेन्द्र गुरु, मोहनकुमार दाहाल, हरिप्रसाद पौडेल “स्वर्णशिखा”, वीणा रोका, नारद प्रसाद भण्डारी, सुरेश कुमार पाण्डे, दामोदर पौडेल, महेश कुमार न्याैपाने लगायतले रचना वाचन गर्नुभएको थियो।

राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी तथा सिस्नुपानी नेपाल दाङ शाखाका अध्यक्ष तथा  परिषद् दाङ शाखाका पूर्व अध्यक्ष एवम् सल्लाहकार डा. लोकराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विशिष्ट अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषमले आफ्नो रचनासहित हराउँदै गएको छन्द कवितालाई छन्द संगमले मलजल गर्ने काम गरेको बताउनुभएको थियो । त्यसैगरी प्रमुख अतिथिको रुपमा रहनुभएका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले रचनासहित छन्द प्रशिक्षणका साथै छन्दबारे विशेष वहस कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

वर्तमान समयमा छन्द कविता लेख्ने परम्परा हराउँदै गएको परिपेक्षमा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले त्रैमासिक रूपमा छन्द सङ्गम कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा `समीर’,  परिषद्का पुरस्कार अक्षकाेष संस्थापक हरिप्रसाद पाण्डेय, परिषद्का केन्द्रीय काेषाध्यक्ष डा.खेमराज मल्ल, केन्द्रीय सचिव आदिम केसी,  केन्द्रीय सदस्यहरू देवेन्द्र रिजाल, गाेपाल भुषाल ‘अभिलाषी’ धनसिंह गिरी, दामोदर, गिरीराज पन्थी, तिला पन्थी, मधुसूदन गौतम, सुभाष न्यौपाने, रामकुमार पौडेल , सुशीला आचार्य, महेश कुमार न्यौपाने  पोषणराज नेपालीलगायतकाे उपस्थिति रहेकाे थियाे ।