
दाङ । साहित्यकार प्रा.डा.गोपीन्द्र पौडेलको ‘यात्राका धुन’ नियात्रा सङ्ग्रह घोराहीमा परिचर्चा गरिएको छ ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं परिषद्का केन्द्रीय सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नियात्रा सङ्ग्रह यथार्थपरक र कलाको दुवै पक्षले उत्कृष्ट रहेको समीक्षकहरूको भनाइ थियो । लेखकले नियात्रा लेख्दाका आफ्ना अनुभूतिहरू सुनाउनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रहनुभएका साहित्यकार गणेश विषम, उत्तमकृष्ण मजगैयाँ, काव्यकार बूनु लामिछाने, साहित्यकार नारायण नेपाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष सुशीला आचार्य गर्नुभएको थियो । धन्यवाद मन्तव्य दामोदर पौडेलले राख्नुभएको थियो।
कार्यक्रममा दर्जनौं साहित्यकारहरूको उपस्थिति रहेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

