राप्ती साहित्य परिषद्को ४६ औं स्थापना दिवस तथा २३ औँ साधारणसभाका अवसरमा लुम्बिनी प्रदेशस्तरीय गजल प्रतियोगिता गर्ने भएको छ ।
सो प्रतियोगिताका लागि १० गतेभित्र गजल पठाउन गजलकारहरूलाई आग्रह गरिएको छ ।
प्रतियोगितामा लुम्बिनी प्रदेशभित्र रहेका गजलकारहरूले सहभागिता जनाउन सक्ने, प्राप्त गजलहरू अप्रकाशित तथा मौलिक हुनुपर्ने, गजललाई आक्षरिक लय वा बहरमा लेखिएको हुनुपर्नेजस्ता नियम परिषद्ले तोकेको छ ।
प्राप्त गजलहरूमध्ये उत्कृष्ट गजलहरूलाई मात्र वाचनको अवसर दिइने तथा अमर्यादित शब्द प्रयोग गरिएका अश्लील प्रकृतिको भाव नझल्कने गजलहरू हुनुपर्ने बताइएको छ । कुनै धर्म, जाति र सम्प्रदायप्रति आक्षेप नलगाउने गजल मात्र छनोटमा पर्ने बताइएको छ ।
वैशाख १० गतेसम्म समयसीमा तोकिएको यसको अन्तिम नतिजा भने २०८० बैशाख २२ र २३ गते दाङ घोराहीमा हुने परिषद्को वार्षिक साहित्यिक समारोहमा अवसरमा घोषणा गरिने तथा पुरस्कारसमेत प्रदान गरिने बताइएको छ ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
सुरू भयो गजल प्रतियोगिताकाे चौधाैँ चरणः गजल पठाउने समय ‘असार २६’सम्म
१५ असार २०८३, सोमबार 








