सन् १९५१ को सेप्टेम्बर २ मा रुसको सेन्ट पिटर्सबर्गमा जन्मिएका अलेक्जेन्डर अलेजेन्ड्रभ्स्कीले १९७० को दशकबाट चित्रकलामा आफ्नो भाग्य परीक्षण गर्न थालेका थिए ।

उनलाई चित्रकलाका बारेमा रुचि छ भन्ने थाहा पाएपछि बाल्यकालमा नै निजी कला शिक्षक राखी उनलाई चित्रकलाबारेमा पढाइएको थियो । उनले त्यो बेलामा नै चित्रकलामा केही नाउँ राख्छन् भन्ने उनको परिवारले विश्वास गरिरहेको थियो ।

अलेक्जेन्डरका सिर्जनाहरुमा अर्का रुसी चित्रकार कन्स्टान्टिन कोरोभिन (१८६१–१९३९) को गहिरो प्रभाव परेको देखिन्छ ।

उनको कला क्षेत्रको योगदानका लागि सन् १९९६ मा रुसले युनियन आर्टिस्ट अफ रसियाको सदस्य बनाएको थियो ।

उनले आफ्नो जीवनकालमा ल्यान्डस्केप, पोट्रेटजस्ता कुरामा नै जोड दिए । उनका सयौँ चित्रकलाहरु निजी तथा संग्रहालयका संकलनमा देख्न सकिन्छ ।