गएको साता अर्थात् अगस्त १७ मा पुराना रूसी चित्रकारको जन्मजयन्ती मनाइयो। सन् १७८७ अगस्त १७ मा जन्मिएका म्याक्सिम भोरोव्योभ उनको भव्य ल्यान्डस्केप तथा रोमान्सवादी चित्रकलाका लागि प्रख्यात छन् ।
उनी चित्रकार मात्र नभएर राम्रो भ्वाइलिन वादक पनि थिए । राम्रो संगीतज्ञ भएकाले पनि उनका पेन्टिङमा काव्यिकता झल्कने गर्छ । उनले त्यो बेलाको रूसी राजधानी सेन्ट पिटर्सबर्गको सुन्दरता उजिल्याउन सुन्दर चित्रकृतिहरू रचेका छन् । सो कुराको प्रमाण उनका सुन्दर चित्रकलाले पनि अभिव्यक्त गरिरहेका छन् ।
उनी आफू मात्र चर्चित भएनन्, उनले सिकाएका कयौँ विद्यार्थीहरूले पनि चित्रकलामा नाम कमाए । सफल व्यक्ति त्यो होइन, जो आफैँ मात्र सफल हुन्छ, सफल व्यक्ति त त्यो हो, जसले आफूसँगै अरूलाइ पनि सफल तुल्याउँछ । यही कुरा उनमा पनि लागू हुन्छ । आउनोस्, यस पटक हामी यिनै म्याक्सिम भोरोव्योभका सुन्दर ल्यान्डस्केप अवलोकन गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।