अहिलेसम्मकै सबैभन्दा रहस्यवादी सन्त जर्ज गुर्जियफ भन्ने गर्थे, “म गुर्जियफ हुँ. कहिले मर्दिनँ. मैले आफूभित्र एउटा कहिले नमर्ने तत्त्वको सिन्थेसिस गरिसकेको छु.”

यो कहिले नमर्ने आकाशभन्दा पातलो तत्त्वको नाम नै आत्मा हो. यसको निर्माण गर्नुपर्छ मर्नुभन्दा अघि आफूभित्र. जीवन त्यसैको अवसर हो. यो तत्त्वको लागि विभिन्न धर्ममा विभिन्न मेटाफरहरुको प्रयोग भए. हिन्दुहरुले आत्माको लागि प्रयोग गरेको एउटा मेटाफर सुन पनि हो. सुन आत्माको प्रतीक हो.

सुन-पानीको महत्त्व छ. पानी त लिक्विड कम्प्युटर नै हो, जहाँ करोडौं वर्षदेखिका इन्फरमेसन स्टोर्ड हुन्छन्. मन्त्रेर छर्कनुपर्दा, वा श्राप र आशीर्वाद दिंदा त्यसैले पानीमा फुकेर दिन्छन् ऋषिहरु. सुन पवित्रताको प्रतीक हो. आत्माको प्रतीक हो. जसरी हज्जारौं वर्षसम्म धर्तीको गहिरो अन्धकार र रापमा टनका टन माटो पाकेर थोरै सुन उत्पादन हुन्छ, त्यसरी नै धेरै वर्षसम्म शरीरमा चेतना पाकेर आत्मा तयार हुन्छ. त्यही चेतना पकाउने अलकेमी हो ध्यान. शरीर धर्ती हो भने सुन हो आत्मा. आफैँभित्र सुन खोज्ने काम हो ध्यान. शरीरका लाखौँ प्रणालीहरुले घोटिएर उत्पादन गरेको ऊर्जा सबै एक्लैले जस्तो खाने मस्तिष्कमा असीमित संवेदनशीलता छ. त्यो संवेदनशीलताको क्रिम हो आत्मा. उपनिषद्हरु भन्छन्, ‘आत्मा कमलको फूल भित्रको रेसाजस्तो पातलो हुन्छ. त्यो रेसा समात्ने अभ्यास हो ध्यान. हामी सबैमा आत्मा हुन्छ, कसैलाई त्यसको बोध हुन्छ, कसैलाई त्यसको बोध हुँदैन भन्ने कन्सेप्ट नकार्दै गुर्जियफको फोर्थ वे पद्धतिले भन्छ, सबै मान्छेमा आत्मा हुँदैन. आफूलाई पकाएर आफूभित्र आत्माको निर्माण गर्नुपर्छ. त्यस्ता मान्छे मात्र मृत्यु पर्यन्तका लोकमा पनि जीवित रहन्छन्. फेरि जन्मनु परे आफूले रोजेको ठाउँमा जन्मिन्छन्.

गुर्जियफको मार्ग सतत् होसको अभ्यासको मार्ग हो. बूढाले भने, “एक सेकेण्डका लागि पनि बेहोस नहुनु जिन्दगीमा. दिमागमा उठेका एक एक विचारको भोक्ता नहुनु, साक्षी हुनु. कहिले मर्दैनौ अनि. जिन्दगी बेहोसीको विरुद्धमा लडिएको युद्ध हुनुपर्छ एक एक सेकेन्ड.”

आफ्नो यही अभ्यासको प्रतापको दममा बूढा भन्थे, “म आँखा बन्द गरेर, एक ठाउँमा बसेर पाँच किलोमिटर टाढाको याक मार्न सक्छु.”

आवाजै ननिकाली मन टु मन कम्युनिकेट गर्न सक्थे उनी. आत्माका कुरा लगेर अब सेक्समा जोड्छु म कसरी, हेर्दै जानू. गुर्जियफको ट्रिक र मेथड सतत् होशको साधना हो. आफ्ना आनीबानी, विचार, भावना, धारणाको कारण बुझेर तीबाट चित्त मुक्त गरी एउटा उडान भर्ने प्रोसेस हो. सेक्स गर्दाको क्षण ध्यान गर्नका लागि सबैभन्दा बेस्ट क्षण हुन्.

भनिन्छ, मान्छेले ध्यान भन्ने कुराको खोज नै अर्ग्याजमको थरथर विद्युत् झंकारबाट गरेको हो हुन त. अर्ग्याजमको एउटा क्षणमा मात्र नभएर सेक्स गर्दाको अवधि भरका सम्पूर्ण क्षण हाम्रो एक-एक कोष जागृत र झंक्रित भएको हुन्छ. त्यस क्षणमा साक्षीभाव राखेर, आफ्नो सेक्स पार्टनरसँग सल्लाह लिएर सहभागी हुने हो, सहवासमा भने आफ्नो बारेमा, आफू कस्तो मान्छे हुँ भन्ने बारेमा धेरै कुरा थाहा पाइन्छ. साधनाको उद्देश्य नै त्यही हो. चिन्ने, बुझ्ने अनि हट्ने. शून्यतामा कमलको फूलको रेसा खोज्ने.

‘द वे यु मेक लभ
इज द वे गड विल बी विथ यु’ भन्ने एउटा इन्टरेस्टिङ् भनाइ छ शायद कुनै सुफी सन्तको…..
अर्थात्,
तपाईं जसरी सेक्स गर्नुहुन्छ, त्यसले ईश्वर तपाईंसँग कसरी बसेका छन् भनेर बताउँछ… मन आफ्नो नियन्त्रणमा नभएको मान्छेमा आफ्नो वासना नियन्त्रण गर्ने क्षमता हुँदैन. बलात्कारी त्यस्तै हुने हुन्. प्रायः हुन्छ यस्तो, केटाहरु केटीहरुसँग सुत्न चाहन्छन्, केटीहरु केटाहरुसँग जाग्न चाहन्छन्, अनि जिन्दगीमा सकस हुन्छ. जिन्दगीमा हतार गर्नेहरु सेक्स गर्दा पनि त्यस्तै गर्छन् र चरम आनन्दका क्षण बेहोसीमा गुमाउँछन्. उनीहरु दौडन्छन् मात्र, कहीँ पुग्दैनन्. केही पाउँदैनन्. सेक्सलाई घिनलाग्दो ठान्नेहरु, आफ्ना देवता आकाशबाट झरेको भनेर मान्छन्. ती देवताहरुसँग उनीहरु डराउँछन्. प्रेम गर्दैनन्. उनीहरु त्यसैले जिन्दगीदेखि पनि डराउँछन्. जिन्दगीका सुनौला क्षण गुनासो र गनगनमा बिताउँछन्. साक्षीभावमा गरिएको सेक्स तान्त्रिक सेक्स हो. जे जसले आफूभित्र आत्माको विद्युत्, आत्माको चेतना झन्-झन् सघन बनाउँदै लान्छ, साधना नै हो. ईश्वर अर्थात् जिन्दगीको प्राण. जिन्दगीको स्रोत. सेक्स गर्दाका क्षणमा मान्छेले जस्तो व्यवहार देखाउँछ, उसले आफ्नो व्यक्तित्वको महत्त्वपूर्ण पाटो देखाउँछ.

त्यही सत्ययुगमा बनेका थुप्रै मन्दिरहरुमा सम्भोगरत स्त्री पुरुषको मूर्ति नै पूजा गरिन्छ. खजुराहोको मन्दिरमा त्यसैले सम्भोगरत क्षणका मूर्तिहरु राखिएको.

स्वार्थी मान्छेहरु आफ्नो मात्र अर्ग्याजमको मतलब गर्लान्. आफूलाई अर्ग्याजम भएपछि कोल्टो फेरेर सुत्लान्. आफ्नै त्यस्तो बानी छ भने आफूलाई स्वार्थी भनेर जान्नू र यो बानी हटाउनू. जसरी केटा मान्छेलाई अर्ग्याजम हुन्छ, त्यस्तै केटीलाई पनि अर्ग्याजम हुन्छ, आफ्नो पार्टनरलाई एकपल्ट सेक्स गर्दा कमसेकम एक अर्ग्याजम त दिनू ! मैले आफ्नो इम्पल्सिभ बानी यसरी सेक्स गर्दाका क्षणमा साक्षी रहेर जानेँ र बिस्तारै आफ्नो इम्पल्सिभ बानी हटाएँ. बिस्तारै मैले आफू कस्तो छु भन्ने कुराको बोध गरेँ र कस्तो बन्न चाहन्छु भनेर ठानेँ. सेक्स गर्दाका क्षण मेरा लागि यसरी साधनाका क्षण, प्रार्थनाका क्षण बने. प्रकृति बुझेको, आफूलाई बुझेको, आफ्नो ऊर्जा बुझेको सभ्यता थियो मान्छेको एउटा. त्यो सभ्यता यति अर्ग्यानिक थियो, उनीहरुका हतियार पनि अर्ग्यानिक र बायो डिग्रेडेबल हुन्थे. त्यही सत्ययुगमा बनेका थुप्रै मन्दिरहरुमा सम्भोगरत स्त्री पुरुषको मूर्ति नै पूजा गरिन्छ. खजुराहोको मन्दिरमा त्यसैले सम्भोगरत क्षणका मूर्तिहरु राखिएको. हाम्रा मन्दिरहरुमा टुँडाल त्यसैले राखिएको. नक्सा दिएका हुन् पुर्खाले,आफैं भित्रसम्म पुग्ने. आजभोलि मलाई हतार छैन. म हल्का गहिरो, लामो सास फेर्छु, मुसुमुसु मुस्कुराउँदै हरक्षण. मैले आफूभित्र आत्माको निर्माण गरिसकेँ.