मानस प्रतीम दत्त

हात्ती एउटा मरेछ- हाम्रो के गयो र?
चरो एउटा मरेछ- हाम्रो के गयो र?
रूख काटिएछ- हाम्रो के गयो र?
पहाड ढलेछ- हाम्रो के गयो र?
मानिसहरू मरेछन्- हाम्रो के गयो र?
बाढी पीडितले इतिश्री हराएछन्- हाम्रो के गयो र?

सूर्य डुबेछन्- हुन दे, केही छैन
अठार वटा हात्ती मरेछन् – हामीलाई केको चासो?
एक बगाल गिद्धले विष खाएछन् – मरे मरून् नि त!

एक समूह मानिस मरे
एक समूह मानिस मरे
एक हाँच चरा मरे
एउटा जङ्गल जलेको छ
हुन दे – मरे मरुन्
– हाम्रो के गयो र?

मूल असमिया कविताः मानस प्रतीम दत्त
अनुवादः देवेन सापकोटा