
प्रथम पन्ना
केही सैनिककवच पहिरिएका युवती पहरेदारको पहरदारीमा, अग्ला दुई पर्खालको बीच भागमा बनेको ढुङ्गे बाटो हुँदै बहुमूल्य घातुबाट निर्मित प्राचीन दरबारको अग्र भागमा पुर्याइयो । अग्र भागमा रहेको भीमकाय चिप्लो कालो लिङ्गको वरिपरि घुमाइयो । त्यसपश्चात् उसलाई योनिको आकारमा बनेको कलात्मक योनिद्वारमा केही क्षण उभ्याइयो । लामा भाला बोकेर द्वारमा शूर–वीरङ्गना बनेर उभिएका द्वारपाललाई पार गराउँदै उसलाई सरासर भित्री भागमा लगियो । त्यसबखत उसको शरीरमा एक सरो सेतो धोतीको फेरोबाहेक केही थिएन । अप्टिकल भ्रमको भकारी लाग्ने त्यो आकृति इं.पू. ४७० ताका गल्ली, बजार, बस्ती अनि भेलामा जीवन–मृत्युका प्रश्न बोकेर भौँतारिरहेको सोक्राटिस जस्तो
लाग्थ्यो ।
गोलाकार सभा हल खचाखच भरिएको थियो । सभामा विराजमान् ग्रीक मिथियोलोजीका देवीहरू हेस्टिया, ऐथेना, हेरा, आर्टेमिस, अफ्रोडाइटी, नेमेसिस, हेकटी र एन्टिगोनलाई उसले एकै झलकमा चिन्यो । रोमन देवीहरू जुनो, फ्लोरा, भेस्टा र भेनस पनि त्यहाँ उपस्थित थिए । त्यसपछि उसका आँखा काली, दुर्गा, पार्वती, लक्ष्मी, सरस्वती, कामधेनु, द्रौपदी, सीता, हिडिम्वा र तुलसीतर्फ गयो । भेषभूषा र वाहनले ती हिन्दु देवीहरूलाई चिन्न उसलाई केही गार्हो भएन । ध्यान मुद्रामा रहेका चिनियाँ देवीहरू ग्वानयिन पुसा, वांग्मु न्यानग्निआ, नुवा र चांगलाई अर्को कुनामा देख्यो । बौद्ध, फिनिस, नोर्स, जापानी, अफ्रिकी, माहुरी अनि मिश्रका पौराणिक कथाका देवीहरू क्रमशः तारा, लुही, फ्रिग, इजानमी–नो–मिकोटो, माम वाटा, पापाटुअनुकु, सेखमेटतर्फ पनि उसका आँखा पुगे । त्यस सभामा ग्रीस, इजिप्ट, रोम, चिनियाँ, अफ्रिकादेखि भारत वर्षका सुन्दर अप्सरा र शक्तिशाली देवीहरू लगभग सबैको उपस्थित थियो ।
सुन्दरतालाई चिरेर सुन्दरताभित्र डुबुल्किनु मार्दै सुन्दरताको उचाइ चुम्न कलात्मक कला सृजना गर्न कलाकारले मात्र सक्छ । तर के ऊ त्यो कोटीको सर्जक थियो त ? नहुनसक्छ, उसको कलाकारिता विश्वकर्माको जस्तो विश्वविख्यात । तैपनि ब्रह्माण्डभित्र रहेका पोथी रसलाई पगाल्न भाले जातिले गर्ने हजारौँ तवरका तिकडममध्येको एक प्रयोग ऊ पनि त्यस सभाकक्षमा गर्न चाहन्थ्यो । हलुङ्गो शरीरलाई स्वतन्त्रापूर्वक हल्लाउँदै नृत्यकलाद्वारा परमात्माको पराकाष्ठा परिधिलाई चुम्दै सम्पूर्ण प्राकृतिक स्त्रीत्वलाई गर्भिलो बनाउन चाहन्थ्यो । विराट प्रकृतिमा फैलदै ऊ पनि प्रकृतिको निक्खर भाले बन्न चाहन्थ्यो ।
[bs-quote quote=”एक सौन्दर्यलाई धित मरुन्जेल भोग्न नपाउँदै अर्को सौन्दर्यलाई निहाल्ने पुरुष चाहनाले उसलाई व्यग्र बनाउँदै छट्पट्याउथ्यो । यस्तै भ्रमबीच उसलाई परिस्थितिले उकुसमुकुस्याइरहे जस्तो लाग्थ्यो ।” style=”default” align=”right” color=”#1e73be” author_name=”प्रवीण निराैला” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/photo-3.jpg”][/bs-quote]
विडम्बना, त्यस स्थानमा कोर भालेको स्वरूप मात्र यथेष्ट हुनेमा ऊ होसपूर्वक सन्देह गरिरहेको थियो । सन्देह, होस र वासनाका अविच्छेद ज्वालाहरू चैत्यन्यरूपी पालामा एकैसाथ बलिरहँदा ज्ञान र विकारबीच द्वन्द्व उत्पन्न भइरहेको भान हुन्थ्यो । ज्यादातर ऊ विकारद्वारा पराजित हुन्थ्यो । तर, यसपटक भने ज्ञानको किरण मन, मस्तिष्क, नयन हुँदै सौन्दर्यका शिखर ती देवीहरूमा पर्न गयो । त्यहाँ पत्र–पत्र क्रिम र पाउडर थुपारेर चहकिलो वस्त्रको भरले सुन्दर देखिन खोज्ने सस्ता बजारू सुन्दरी मात्र थिएनन् । त्यहाँ तप, ज्ञान र ध्यानको ज्योतिले शोभायमान सुन्दर देवी र अप्सराहरू थिए । ऊ अलमलियो । एक सौन्दर्यलाई धित मरुन्जेल भोग्न नपाउँदै अर्को सौन्दर्यलाई निहाल्ने पुरुष चाहनाले उसलाई व्यग्र बनाउँदै छट्पट्याउथ्यो । यस्तै भ्रमबीच उसलाई परिस्थितिले उकुसमुकुस्याइरहे जस्तो लाग्थ्यो ।
त्यो विशाल देवी सभागृहमा उसको पुरुष चरित्र केही हच्किएको थियो । कुनै भयङ्कर अपराधको सजाय सुन्न अदालतको कठघरामा उपस्थित निरिह कैदी जस्तै सभा हलको मध्य भागमा टाउको निहुर्याएर उभिरहेको थियो । बिचरा, सिकारी हायनद्वारा घेराबन्दीमा पारेर झुन्डबाट विचलित बनाइएको वाइल्डबेस्ट जसरी प्राण रक्षार्थ अन्तिम तागत लगाइरहेको थियो ।
यस्तो अनिमन्त्रित अस्तव्यस्तताबाट गुज्रिरहेको उसलाई ठीक त्यही मुहूर्तमा वायु वेगमा प्रकट भएका चर्चित सुन्दरीहरू क्लियोपेट्रा, आइरिस, उर्वसी र मेनकाको आगमनले थप अनिश्चितता पैदा गरायो । यसरी चर्चित पौराणिक पात्रहरूलाई आफ्नो अगाडि देखेर कौतुहलताले अत्तालिएर उसको शरीरमा बेह्रिएको एकसरो धोतीको फेरो खस्न पुग्यो । नङ्गनताले निर्लज्जताको गहिराइमा डुबाउँदै लगेको ऊ क्रमशः असहाय अचल चीसो स्ट्याच्यू बन्न पुग्यो।
त्यस क्षण चारै सुन्दरीहरू पूजाको थाली लिएर विधिपूर्वक लिङ्गको पूजा गर्न थाले । धूप, नैवेध्यम र मत्रको शक्तिले वातावरण पोजेटिभ्ली कम्पन हुन थाल्यो । झन्, स्त्री वाणीद्वारा पुकारिएका ॐकारका ध्वनिले सम्पूर्ण सभाहलमा नौलो तरङ्ग सिर्जना भयो । चौतर्फी ऊर्जा बर्सन थाल्यो । विस्तारै उता स्ट्याच्यूमा समेत ऊर्जाको प्रभाव बढ्न थाल्यो । ऊर्जाको लहरले तरङ्गित ऊ चीसोबाट मनतातो बन्दै तातिन थाल्यो । स्ट्याच्यूले अन्ततः रौद्ररूप देखाएरै छोड्यो । सृष्टि अनि विनाश, भूत, वर्तमान र भविष्य स्वयंमा रहेको सत्यलाई उजागर गर्दै ऊ स्खलित भयो । ऊर्जाले त्यही पल जन्म र मृत्युको रूप देखायो । विस्तारै ऊसहित सम्पूर्ण वातावरण शिथिल हुन लाग्यो ।
त्यहीबेला सभाहलको पूर्वतर्फको प्राचीन ढोल बज्यो । मिश्रकी फर्टिलिटी देवी क्याटेसले सभा सकिएको घोषणा गरिदिइन र अर्को समय हाजिर गराउने तारिख दिँदै सम्पूर्ण देवीहरूसहित अन्तर्ध्यान भइन् ।
⁕⁕⁕
विलवेड लेखक विचारकोटी,
शब्दहरू मेरा होइनन् र लेख्ने कामसमेत मेरो होइन । तैपनि तिमीलाई कोर्नु नै छ एउटा पत्र । त्यसैले तिम्रै विलवेड शब्द चोरेर पत्रको सुरुवात गर्दै छु । कृपया, चोरको अभियोग नलगाइदेऊ ।
अहिले ठ्याक्कै कुन पेज तिम्रो नजर सामुन्ने पर्यो त्यो त म देख्न सक्दिनँ, तर मैले प्रथम भनेर खुलाएकोले सायद त्यही पन्नामा छौ भन्ने अपेक्षाका साथ युनिक क्रममा पत्र लेख्दैछु । किनकि मलाई थाहा छ तिमी र म दुवै प्रयोग रुचाउँछौँ । हामी दुवै स्वतन्त्रता प्रेमी छौँ । भय, इष्र्या, लोभ र अनिश्चितताको कैदभित्र आफ्नो गरिब दैनिकी गुजारिरहेका चेतनशील भनी चिनिने यी मानवरूपी प्राणीलाई पागलपन कसरी संसारै उच्चकोटिको स्वतन्त्रता हो भनेर बुझाउन तिमीले गरेका हरसम्भव प्रयास र सृजनाको गहिराइसम्म म पनि बेलाबखत पुग्ने गर्छु । मलाई त्यो आनन्दरूपी महासागरको शान्तिमा पुर्याइदिएकोमा म तिमीप्रति जीवनभर आभारी रहनेछु । त्यसैले त तिमी मेरो ड्याम केयर लेखक अनि म तिम्री एक गुमनाम मिरावाई हुँ भनेर चिनाउन थोरै पनि हिचकिचाहट गर्दिनँ ।
नेटफ्लिक्स वा ह्चविवोका चर्चित सिजनहरू जस्तो । हो, म यहाँ त्यही प्रथम पेजमा लिखित स्वप्नमा देखिएको पुरुष चरित्रको कुरा गर्दैछु ।
एकै क्षण पर्ख है त मेरो प्यारो लेखक विचारकोटी । मिरावाईको प्रसङ्ग निकाल्नुभन्दा पहिले प्रथम पेजको कुरालाई अन्त्य गर्ने अनुमति चाहन्छु । त्यसपश्चात् दोस्रो विषयमा प्रवेश गरौँला ।
हेर न, विगत केही समयदेखि निरन्तर एकनासे स्वप्नले हन्ट गरिरहेको थियो । कयौँ हप्तादेखि साप्ताहिक वा अर्ध–साप्ताहिक रूपमा निरन्तर मेरो ड्रिमी लाइफमा एउटा विचित्रको सपना चलिरहेको थियो । नेटफ्लिक्स वा ह्चविवोका चर्चित सिजनहरू जस्तो । हो, म यहाँ त्यही प्रथम पेजमा लिखित स्वप्नमा देखिएको पुरुष चरित्रको कुरा गर्दैछु ।
ठीक सय प्रतिशत त होइन तर त्यो पुरुष आकृति तिम्रो स्वरूप र व्यक्तित्वसँग मेल खान जान्छ । एकाध सपनामा त मैले भ्रम होला भन्ठानेकी थिएँ, तर तिमीले लगाउने निक्खर कालो वा पहेँलो वस्त्रलाई उतार्ने हो भने तिम्रो उचाइदेखि दाह्रीको लम्बाइसमेत त्यो आकृतिसँग मिल्न जान्छ । ठ्याक्कै भन्दा त्यो स्वप्निल पात्र तिम्रो पशुपतिको आर्यघाट परिसरमा खिचिएको त्यो विन्दास तस्बिरको हुबहु फोटोकपी जस्तै लाग्छ ।
फेरि, तिमीलाई सपनातर्फै मोड्न चाहन्छु । निरन्तर देखिएको यो सपना लामो भए तापनि छोटकरीमा बताउने जमर्को गर्दैछु । झर्को नमानी देऊ ल !
सपनाको पृष्ठभूमि…….
देवीहरूले समान अधिकार पाउनु पर्ने मागसहित आन्दोलन गर्न लागे, त्यसपश्चात् दिव्य दैवीलोकमा घटेको घटनामा आधारित छ । जब देवीहरूद्वारा अलौकिक दैविक शक्तिदेखि पूजा गर्ने प्रक्रियागत रोलक्रममा उनीहरूको स्थान देवहरू बराबरी हुनुपर्छ भन्दै आवाज उठाउन लागे तब एकाएक स्वर्लोकमा अशान्ति मच्चिन लाग्यो । अधिकार सम्पन्न समावेशिताको क्रन्दन र चित्कारले स्वर्ग गुञ्जायमान बन्न थाल्यो । देव र देवीहरूबीच हुनसक्ने डरलाग्दो युद्धको परिकल्पनाले तिनै लोक भयभीत हुन पुग्यो । चारैतर्फ त्राहिमाम् र हाहाकार मच्चन थाल्यो । यस्तो विकराल परिस्थितिमा मध्यस्थकर्ता समूहका प्रमुख नारदले दुवै पक्षबीच उत्पन्न विवादलाई मिलाउन चलाखीपूर्वक स्वर्गलाई समान दुई भागमा विभाजन गर्दै देव र देवी भूमि छुट्टाउने प्रस्ताव लिएर गए र अन्ततः समान अधिकारको प्रत्याभूति नहुन्जेल देवी लोक कहिल्यै स्वर्ग लोक नफर्कने वाचासहित टुक्रिन पुग्यो ।
देवी र अप्सरा आफ्नो अडानका साथ देवीलोकमा स्थापित त हुनथाले, तर विस्तारै यसले सृष्टिमा नराम्रो असन्तुलन देखिन थाल्यो । जन्मचक्रको सङ्कुचनले ममतामयी ममत्व रोगी बन्दै थला पर्न लागिन भने पूर्ण प्रकृतिलाई समेत मातृत्वको अभाव खट्कन लाग्यो । त्यसैले सृष्टि सञ्चालन हेतु ममतामयी योनिलाई ज्योतिर्मय लिङ्ग जस्तै शक्तिशाली लिङ्गको आवश्यकता पर्यो । त्यही छनौट हेतु तिम्रो फोटोकपीरूपी आकृतिलाई देवी सभामा उपस्थित गराइएको थियो ।
यसरी पुनः पुनः त्यो आकृतिलाई सभाहलमा हाजिर गराइन्थ्यो । सभाहलमा भएको योनिकुण्डमा उसलाई नुहाइदिइन्थ्यो । सैनिक युवतीद्धारा मसाज गराएपश्चात् लिङ्ग पूजाको हेतु त्यही पवित्र स्थानमा उभ्याइन्थ्यो । ऊ पुनः स्खलित हुन्थ्यो र यही घटनाक्रम दोहोरिरहन्थ्यो ।
समाजले मलाई निर्जल भनोस् वा चरित्रहीन तर ड्रिंक्ससँग पुस्तक लिएर बस्दा प्रायः म निर्वस्त्र बस्छु । यो मेरो शोख हो ।
तर अन्तिमपटक भने सपना केही फरक भयो । यस पूजाको जिम्मा लिएका क्लियोपेट्रा, आइरिस, उर्वशी र मेनका विधिपूर्वक लिङ्ग पूजा गरिरहेका थिए । तब लिङ्गबाट एकाएक अनौठो ज्योति निस्कन थाल्यो । विस्तारै चहकिलो ज्योतिको प्रभावले सभाहलको प्रमुख योनिरूपीद्वार रसाउँदै खुल्न थाल्यो । एकाएक सम्पूर्ण सभाहल आलिसान महलको बिलासी कक्षमा परिवर्तन भयो । योनिद्वारमा उभिइरहेकी म तिमीलाई एकोहोरो हेरिरहेकी थिएँ । मेरो आकृति देखेर तिम्रो मुहारमा तृप्तिको लहरहरू देखिन थाले । त्यसबखत तिमी आनन्दित हुँदै भन्यौ, “यु आर माई मिस्टेरियस–का । आई लभ यु मिस्टेरियस–का ।
सपनाको कुरा त सकियो मेरो प्यारो लेखक तर तिमीसँग जोडिएर घटेको अर्को आश्चर्यजनक घटना नभनेसम्म यो पत्र अधुरै रहनेछ । अर्को घटना तर्फ घोप्टँदै छु । कृपया झिँजो नमानी देऊ ल !
एक झरिलो रातको कुरा हो । दुई दिनदेखि झरी परेर कतै निस्किएकी थिइनँ । मध्यरात भइसकेको थियो । चीसो मौसममा स्कचको चुस्की लिँदै कोलीन हूवरको “इट्स इन्ड वुइथ अस” पुस्तक पढ्दै थिए । यसरी पढ्दै गर्दा अनायसै आफ्ना आँखा अगाडिको पुस्तकले भरिएको र्याक र रक्सीले भरिएको बारमा पर्न गयो । आज तिनीहरू वास्तवमै भाग्यमानी लाग्यो । किनकि कुमारी सुन्दरीलाई प्रायशः निर्वस्त्र देख्न पाउँथे । समाजले मलाई निर्जल भनोस् वा चरित्रहीन तर ड्रिंक्ससँग पुस्तक लिएर बस्दा प्रायः म निर्वस्त्र बस्छु । यो मेरो शोख हो ।
मलाई स्कचले तताउँदै थियो । यस्तैमा अपार्टमेन्टको वेल बज्यो । डरले मुटु फुलेर आयो । ढोकाको लक हेरेँ । बन्द थियो । दोस्रोपटक पुनः वेल वज्यो । यसपटक भने गोर्खे छोरीको सहासले तनलाई भरेर ल्यायो । रोवले शरीरलाई ढाक्दै बाहिर निस्केँ । बाहिर एउटा बक्सबाहेक केही थिएन । बक्सको बाहिर “द टाइम ट्राभल मसिन” भनेर लेखिएको थियो ।
तिम्रै त्यो मिस्टेरियस–का टाइम ट्राभलर्स बनेर भविष्यमा पुगेकी थिई । करिबन दुई दशकपश्चात् हुनसक्छ । त्यहाँ पनि सपना जस्तै उसले तिम्रै सेताम्मे फुलेको आकृति देखी । अनौठो अचम्म नि ! हुन त यो विषय मात्र मेरो लागि हो । तिमी यस्ता झारेपाते कुरामा अल्झने मान्छे त होइन, तैपनि तिम्रै विषय भएकाले अन्तिम पेजसम्म तिम्रा सुन्दर नयनहरू अडिरहने छन् भन्ने अपेक्षा राखेकी छु । त्यसभन्दा अगाडी सारांशमा कसरी म तिम्रो लेखनको म प्रशंसक भएँ भन्ने विषय उठाउन चाहन्छु ।
फलानो पुरस्कार विजेता अनि ढिस्कानो पुरस्कार विजेता भन्दै तिम्रा पुस्तकका आवरणहरूमा घाउ लागेका छैनन् । अझ म त त्यस्ता घाउलाई क्यान्सर भनिदिन्छु ।
क्रान्ति गर्नु गाह्रो कुरा होइन । तर क्रान्तिलाई संस्थागत गरेर युगान्तकारी परिवर्तन गरी इतिहासको हिसाब–किताबमा अमरता केही औँलामा गनिने क्रान्तिकारीहरूले मात्र प्राप्त गर्न सक्छन् । तिम्रो क्रान्ति भविष्यका पाठकहरूले बुझ्लान् । हुन त तिमी अरूको निम्ति कहाँ लेख्छौँ र ! तैपनि तिमीले भाषागत रूपमा गे-लेस्वियनवादको प्रयोग गर्दै नयाँ क्रान्ति गरिसकेका छौ । मतलब तिमीले पुलिङ्ग भाषामा पुलिङ्गै भाषा मिसायौ । अक्षरमा कसरी ट्याटु खोपेर मोर्डन बनाउन सकिन्छ भन्ने कुरा गरेर जजमाने र रुन्चे साहित्य लेख्ने लेखकहरूको मार्ग दर्शक बन्यौ । शब्दमा मुन्द्रा झुन्डाउँदा त्यसको सुन्दरता हजारै गुणाले बढ्छ भनी नेपाली साहित्यलाई बतायौ । अंग्रेजी र हिन्दी भाषाको करणी गरेर नेपालीकरण गर्नसक्ने खुविलिटी भएको जीवित उदाहरण तिमी मात्र हौ भन्न मलाई केही सङ्कोच लाग्दैन ।
मलाई मन पर्ने तिम्रो अर्को चरित्र भनेको पुरस्कारमा तिम्रो पित्को लालच छैन । फलानो पुरस्कार विजेता अनि ढिस्कानो पुरस्कार विजेता भन्दै तिम्रा पुस्तकका आवरणहरूमा घाउ लागेका छैनन् । अझ म त त्यस्ता घाउलाई क्यान्सर भनिदिन्छु ।
होला, तिमीमा थुप्रै कमजोरीहरू तर हिरोमा सबै गुणै हुनुपर्छ भन्ने पुरातनवादी सोच र मान्यताले भरिएकी पात्र भने म अवश्य होइन । त्यसैले तिमीलाई साहित्यको नायक मानेकी छु ।
उही तिम्री मिस्टेरियस–का
⁕⁕⁕
अन्तिम पन्ना
आजको प्रमुख समाचार………………..
पृथ्वीबासी मार्समा स्थायीरूपमै बसाइँसराइ गर्नसक्ने भएका छन् । नासाको आधिकारिक वेवसाइडका अनुसार त्यहाँको नागरिकता प्राप्त गर्ने विभिन्न मापदण्ड र सर्तहरू पूरा गर्नुपर्ने छ । साथसाथै यो कार्यको सम्पूर्ण जिम्मा स्पेसएक्स नामक कम्पनीले प्राप्त गरेको समेत उसले आफ्नो वेवसाइडमा जानकारी गराएको छ ।
समाचारले रतीभर जिज्ञासु बनाएन । वास्तवमा भन्ने हो भने उसलाई सहर, कोलाहलदेखि बोरडम भइसकेको थियो । क्याफे डेजा–भूमा अर्डर गरेको एक्प्रेसोसमेत नआइपुग्दै ऊ त्यहाँबाट निस्कियो । उसको पहिचानकाको पर्याय बनिसकेका रुद्राक्षको मालादेखि ब्रासलेटसम्म नाग पोखरीमा मिल्काएर ल्याभिस सैलुन दरबारमार्ग तर्फ लाग्यो । अन्ततोगत्वा दाह्रीसहितको आफ्नो ट्रेडमार्क जोगी पहिरन त्यही मिल्काउँदै जिन्सको पेन्टमा उसले लुटमाण्डै सहरलाई सदा सदाको लागि त्याग गरिदियो ।
गुमनाम यात्रापश्चात् ऊ निवार्णपूर पुग्यो । सुन्दर गाउँ । धार्मिक मानिसहरू बस्ने ठाउँ । केही बचत उसले फराकिलो जग्गा किन्नमा खर्चियो । सुविधायुक्त कुटी बनाएर भक्ति गर्ने हेतु काली मन्दिर निमार्ण गर्न थाल्यो ।
उता पूरै निवार्णपूर भने उसको बारेमा सोधीखोजीमा लागिपरेको थियो । विस्तारै उसको बारेमा विभिन्न बेतुके कथाहरू सुनिन थाले । यो जन्मको मात्र के कुरा भयो र कोही–कोहीले त उसको पूर्वजन्मको जन्मकुन्डलीसमेत निकालिसकेका थिए ।
जेहोस्, उसको मन्दिरको कार्य रफ्तारमा चलिरहेको थियो । तैपनि औपचारिकता निभाउन मानिसहरू आएर उसलाई मन्दिरको बारेमा सोधी खोजी गर्थे ।
जिज्ञासा र कौतुहलता मानवीय स्वरूप हो, तर आफूलाई नै नबुझी छिमेकीलाई बुझ्न खोज्नु मूर्खता हो । तैपनि भरसक ऊ शान्त भएर उनीहरूलाई उत्तर दिने गर्थ्यो । यस्तै क्रम चलिरहेको थियो ।
अति नै हुन थाल्यो । जब शान्ति र आनन्दमा आइरन लाग्न खोज्छ समाजले आएर कच्याककुचुक पारी खुम्चाइदिन्छ । सिमानाको पनि सिमाना हुन्छ नि ! अशान्त जोगी र उर्लेको खहरे । भोलाको पनि रौद्र रूप हुन्छ ।
ऊ निवार्णपूरेदेखि क्रोधित बन्यो । उसले बन्दै गरेको मन्दिरमा योनिको मूर्ति स्थापना गर्दै उनै योनि–देवीको आराधना गर्न लाग्यो ।
योनि–देवीको मूर्ति स्थापना उपरान्त त्यस कुटीवरिपरि निवार्णपूरेको चहलपहल कम हुन थाल्यो । त्यस कुटीको अग्रभागबाट हिँड्नु पर्दा मानिसहरू अर्कोतर्फ मुन्टो बर्टादै हिँड्न लागे । आफ्ना निर्दोष सन्ततिले त्यस स्थानको बारेमा उत्सुकतावश प्रश्न सोधे भने “मान्छेको मासु खाने अघोरी पागल” बस्छ भन्ने उत्तर दिन लागे । सोही उत्तर दोहोरिँदा दोहोरिँदै किवंदन्तीको रूपमा प्रचलित हुन थाल्यो । फुस्किएको दाँत जसरी त्यो कुटी सम्पूर्ण समाजबाट अलगिँदै गयो । यसरी कुटी समाजबाट गुमनाम हुँदै गयो ।
तिनै मूर्तिका वक्षस्थलबाट सिँचाई गर्दै योनि–योनिमा प्राकृतिक सुन्दर फूलहरू फुलाउने संयन्त्र बनाई । प्रवेशद्वारमा आफ्नै विलवेड लेखक विचारकोटीको हँसिलो सुनौलो मूर्ति राखेर उक्त योनिका बगैँचालाई पूर्ण बनाई ।
समय बितै जाँदा मिस्टेरियस–का उनको खोजी गर्दै त्यहाँ कुटीमा आइपुगिन् । उनी त्यहाँ पुग्दा उनको विलवेड लेखकको पार्थिव शरीर समाधिस्थ भइसकेको थियो । यसरी आफ्नो प्रिय लेखकको मृत्युको पीडाले ऊ क्षतविक्षत बन्न पुगी । रुँदै कराउँदै आफ्नो विलवेड लेखकलाई घण्टै अङ्गाली । थाकेर त्यही प्रिय मुर्दासँग रातसमेत बिताई । यस घटनाले उसलाई ठूलो चोट पुर्यायो । समाजको घात र प्रतिघात बेवास्ता गर्ने उसलाई समाजले आफ्नो प्रिय लेखकलाई गरेको व्यवहारले रिस उठायो । यही समाजमा आफ्ना कला–पुजारीलाई जन्मैँजन्म अमर राख्न उसले अनौठो प्रतिज्ञा लिन पुगी ।
यही विलवेड लेखकको समाधिस्थ स्थलमा उसले योनिका बगैँचाको बनाउने परिकल्पना गरी । देश विदेशका ख्याति प्राप्त मूर्तिकारद्वारा विभिन्न सुन्दर पौराणिक देवी र अप्सराहरूका बहुमूल्य धातुबाट निर्मित कलात्मक मूर्ति निमार्ण गर्न लगाई । तिनै मूर्तिका वक्षस्थलबाट सिँचाई गर्दै योनि–योनिमा प्राकृतिक सुन्दर फूलहरू फुलाउने संयन्त्र बनाई । प्रवेशद्वारमा आफ्नै विलवेड लेखक विचारकोटीको हँसिलो सुनौलो मूर्ति राखेर उक्त योनिका बगैँचालाई पूर्ण बनाई ।
कालान्तरमा उक्त मन्दिर योनिका देवीको नामले प्रख्यात हुन पुग्यो । निःसन्तानदेखि यौन सन्तुष्टि नपाएका लाखौँ भक्तजनहरू देवीको आर्शिवाद प्राप्त हुने अभिलाषाका साथ दर्शनार्थ त्यस स्थानमा पुग्न थाले । मन्दिरको पछिल्लो भागमा निर्मित योनिका बगैँचा अद्धितीय कलाकारिताको कारण विश्व सम्पदा सूचिमा सूचीकृत हुन पुग्यो । न्यूडिस्टहरूका लागि समेत खुल्ला गरिएको उक्त बगैँचामा वर्षेनी लाखौँ देशी विदेशी पर्यटकहरूले भ्रमण गर्नुका साथसाथै यौनिका बगैँचाको नामले विश्वविख्यात हुन पुग्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










