
अन्ततः प्रलय आएरै छाड्यो । विकाश अनि विकृति शिखरमा पुग्न लाग्दा नलाग्दै अत्याधुनिक विज्ञानले मानव बीजलाई समेत बचाउन नसक्ने दयनीय अवस्थामा आधुनिक समाज आइपुग्यो । हेर्दाहेर्दै गडगडाउँदै अन्त्यको समय आयो । सौर्य शक्तिको क्षयीकरणको कारण जब सौर्य मण्डल भित्रको गुरुत्वाकर्षणमा परिवर्तन भयो तब ग्रहहरूको सूर्यसँगको दूरीमा बिस्तारै परिवर्तन आउन थाल्यो । अन्ततोगत्वा पृथ्वी हालको दूरीभन्दा करिब तिन सय करोड मायल पर धकेलिनुको साथसाथै पृथ्वीको धरातलीय स्वरूपमा पुरै परिवर्तन भयो ।
यत्रो उतार चढावका बीच एक सत्य परिवर्तन भएन । सूर्य पूर्वबाटै उदाउन थाल्यो ।
कुनै महान् शक्तिले मात्र ब्रह्माण्डमा सूर्यजस्तो ऊर्जावान् बस्तुलाई अनुशासित गति दिन सक्छ । दैविक शक्तिले मात्र अन्धकार र प्रकाशलाई चित्त बुझ्दो तवरमा सन्तुलित अंशबन्डा गराएर खुसी राख्न सक्छ । यदि यी दुईबीच असन्तुष्टि हुन्थ्यो त प्रकाशले सिमाना मिच्दै बिस्तारै अन्धकारको क्षेत्र कब्जा गर्थ्यो अथवा यसको विपरीत घटना हुन्थ्यो होला । त्यसैले आजभोलि यही सन्तुलनलाई ईश्वरीय शक्ति भन्न रुचाउने जमात बढ्दो छ ।
त्यसैले आजभोलि यही सन्तुलनलाई ईश्वरीय शक्ति भन्न रुचाउने जमात बढ्दो छ ।
जे जस्ता धर्म, परम्परा, मान्यता र विश्वासहरू भए पनि करोडै वर्ष बितिसक्दा समेत ब्रह्माण्डमा ईश्वरीय शक्तिले कुनै न कुनै रूपमा आफ्नो उपस्थित जनाई जनाइराखेको छ । त्यसैले त भयङ्कर ठूल्ठूला विनाशमा पनि ईश्वर नयाँ आशा बोकेर आयो ।
यस्तै अर्को निरन्तरता स्वरूप पृथ्वी पुनः एक पटक ईश्वरीय सक्तीद्वारा धन्य हुन पुग्यो र फेरी यहाँ नयाँ जीवनको सुरुवात हुन गयो ।
पृथ्वीमा भएको उथल–पुथलको करिब सात सय वर्ष पश्चात् फेरी नयाँ चक्रको सुरुवात भयो तर यसपटक भने चेतनशील मस्तिष्क लिएर वृक्षले यो धर्तीमा जन्म लिन पुग्यो ।
वृक्षेश्वरले बिस्तारै आँखा खोल्यो । सबै आ–आफ्नै चाँजो पाँजो मिलाउन व्यस्त थिए । केही पर उभिएकी पिपली राता राता आँखा पारेर उसैलाई आँखा तर्दै थिई । त्यो हेराइले ऊ मन मनै झस्कियो । आफूले गरेको व्यवहारप्रति केही क्षण त उसलाई आत्मा ग्लानी नि भयो । यद्यपि नियतिलाई टार्न नसक्ने सम्भावनालाई नकार्न नसकी उसले आफ्नो जिउलाई तनक्क तन्कायो र लामो सास फेर्दै फेरी अचेतन हुन खोज्यो ।

प्रवीण निरौला
कसरी समाजमा रीति र संस्कार जन्मन्छ ? किन यस्ता विभेदपूर्ण परम्पराले समाजमा निरन्तरता पाउँछ ? के यस्ता परम्पराले परिवर्तन गर्नु आवश्यक छ ? किन उसले यस्तो कार्य गर्नुपर्यो ? वृक्षेश्वरले आफैँले भेउ पाउन सकेको थिएन ।
के ऊ त्यति खराब पात्र थियो त ? के पाँच सय प्रकाशमासा पुग्नै लागेका गुरु रुद्राक्ष्यमालाले गरेको भविष्यवाणी गलत थियो त ? सोच मग्न उसको चेतना पुन अचेतन हुन लाग्दै थियो ।
हे, कति अल्छे भएर धोत्लिरन्छस् ? हिँड् टहलिन जाऔँ । बरेले थपथपाउँदै बृक्षेश्वरलाई भन्यो ।
जा जा मलाई आराम गर्नु छ । उसले बरेको कुरालाई बेवास्ता गर्दै पन्छाउन खोज्यो ।
शैतानियत नब्यूझिँएकै राम्रो । पिपलीले पनि मौका को फाइदा उठाउँदै व्यङ्ग मारिहाली । पिपलीको व्यङ्गलाई साथ दिँदै सबै छर छिमेकी एकोहोरो क्वारक्वारती वृक्षेश्वर तर्फ प्रश्न तेर्साउन लागे । सबैको प्रश्न गत प्रकाशमासा पोखरीश्वर धाममा घटेको लाजमर्दो घटनालाई लिएर थियो ।
पोखरीश्वर धाम उनीहरूको सबै भन्दा पवित्र स्थान, जहाँ विशाल कुल देवताको मन्दिर पनि थियो । जब सूर्य मध्य आकाशमा पुग्थ्यो यस समयलाई पवित्र प्रकाशमासाको समय मानिन्थ्यो । यस समय सबै वनस्थलीवासी भेला भएर गुरु रुद्राक्ष्यमालाकोे प्रत्यक्ष उपस्थितिमा आफ्नो कुल देवताको पूजा अर्चना गर्ने गर्थे । वनस्थलीको पात्रोमा एक प्रकाशमासा र एक जुनमासा हुन्थ्यो । यी दुवै मासा करिब एक एक वर्षका हुने गर्थे । सूर्य उदाएर अस्ताउन करिब एक वर्षको समय लाग्थ्यो र यसलाई एक प्रकाशमासा भनिन्थ्यो भने सूर्य अस्ताए पश्चात् जुनमासा लाग्ने गथ्र्यो ।
त्यस घटना पश्चात् वृक्षेश्वर मौनता साधेकोले समेत किन उक्त घटना घट्यो भन्ने विषयमा सबैमा कौतुहलता जगाएको थियो ?
प्रत्येक प्रकाशमासामा लाग्ने भब्य मेलामा सबै बनस्थलीवासीहरू आफ्नो आफ्नो तयारी गरेर जाने गर्थे । आफ्नो आफ्नो क्षमता अनुसार दान गर्नेदेखि उपहार आदान प्रदान गर्ने गर्थे । यो समय वनस्थलीवासीको लागि खुसी र आनन्द साट्ने मुख्य समय हुन्थ्यो । यस समयलाई उनीहरूको प्रमुख धर्मशास्त्र “वनस्पति” मा समेत बढो महत्त्वका साथ वर्णन गरेको पाइन्थ्यो ।
प्रत्येक प्रकाशमासा वनस्थलीवासीको लागी सुनौलो इतिहास बनेर बित्ने गर्थ्यो । तर गएको प्रकाशमासाले भने खुसी र आनन्द मात्र लिएर आएन । एकातर्फ परम्परागत धार्मिक सभा मा वृक्षेश्वरले गरेको व्यवहारले वनस्थलीमा अनिश्चितताको बबन्डर भित्रने त्रास सबैको मन मस्तिष्कमा जन्माएको थियो भने अकोतर्फ वृक्षेश्वरको अशुभ कार्यलाई गुरुहरूको समूहले कस्तो सजाय तोक्ने छन् भन्ने विषयमा सबै प्रतीक्षित देखिन्थे । त्यस घटना पश्चात् वृक्षेश्वर मौनता साधेकोले समेत किन उक्त घटना घट्यो भन्ने विषयमा सबैमा कौतुहलता जगाएको थियो ?
त्यसपश्चात् वृक्षेश्वर चौतर्फी आउने यस्ता मौन प्रश्नले हैरानी थपी दिन्थ्यो । पिपली लगायत वरिपरिको वातावरणले थप विचलित बनाउनु अगावै उसले त्यहाँबाट अलग्गिने विचार गर्यो । वृक्षेश्वर बरे लगायत सबैलाई बेवास्ता गर्दै त्यहाँबाट गल्छीतर्फ उक्लियो ।
गल्छी पोखरीस्वर धामको मुहान थियो । त्यस स्थानबाट गोही दाँते अग्ला अग्ला नाङ्गा पर्वतका पर्खालहरू देखिन्थे ।
अहिले उसलाई वनस्थलीलाई चटक्कै छाडेर ती अग्ला अग्ला बादल माथिका चुचुरा छिचोलेर अर्को तर्फ जान मन लागेको थियो तर त्यो बिल्कुलै सम्भव थिएन । ती पर्वतलाई वनस्थलीवासीहरू राक्षसी पर्खाल भन्थे जसले उनीहरूको इष्ट देवता सूर्य नारायणलाई मात्र वारपार गर्ने अनुमति दिन्छन् भन्ने गर्थे ।
एकान्तमा एक्कासी पछाडिबाट आएको आवाजले वृक्षेश्वर झस्कियो । ऊ तर्सिएको देखेर सिमल खित्का छाडेर हाँस्यो ।
महागुरु रुद्राक्ष्यमालाको छोरा सिमल, उसको बच्चै देखिको साथी हो । तँ तँ म म मा हुर्किएका यी दुई सखीहरू पौराणिक शास्त्रहरूको अध्ययनमा तथा व्याख्या गरेर वनस्थलीमा ख्याति कमाइसकेका थिए । रुद्राक्ष्यमालाले वृक्षेश्वरलाई आगामी महागुरु घोषणा गरे तापनि सिमलले त्यो पद प्राप्त गर्नुपर्छ भन्नेहरूको सङ्ख्या समेत वनस्थलीमा कम चैँ थिएन । जे भए पनि वनस्थलीका यी दुई मणिहरू एक अर्काको समीपमा घण्टै बिताउने गर्थे । ब्रम्हाण्डदेखि पुस्तक अनि परम्परादेखि भावनाका विषयमा तर्कसहित गहिरिन्थे ।
तँ यहाँ के गर्दै छस् ? उसले सिमल लाई गम्भीर हुँदै सोध्यो ।
धन्यवाद तैँले मित्रता को ठूलो ऋण लगाइस् । सिमल बोल्यो ।
नराम्रो कुरा पो नसुन्नु त । राम्रोले त हजारै पटक सुने नि के नै बिग्रार्छ र । भन् न भन् । सिमल मुस्कुराउँदै बोल्यो ।
मित्र, नै ठान्छस् भने के को ऋण लाग्यो भन्छस् नि ? यस्तो परम्पराको अन्त्य गर्न कोही त अगाडी सर्नै पर्थ्यो नि, होइन र ?
तर खै के भन्ने तँलाई । के सही के गलत भन्न नसक्ने अवस्थामा पुगेको छु मित्र । भावनामा अन्धो बगेको मेरो लागी तैँले यति ठूलो मूल्य चुकाउनु पर्नेछ भन्ने विषयमा थोरै पनि विचार गर्न सकिनछु । मलाई माफ गरी दे मित्र । सिमलले वृक्षेश्वरलाई अङ्गालोमा बाँध्यो ।
हेर, जसरी असत्यलाई जति हिरा मोतीले सजाएर सत्य बनाउन सकिदैन् । त्यस्तै, अन्यायलाई शास्त्रका दुई श्लोक देखाएर ढाक्न र छोप्न कहिले सम्म सकिन्छ र । महागुरुले पत्र–गीता व्याख्या गर्दा भन्नु भएको भुलिस् ।
नराम्रो कुरा पो नसुन्नु त । राम्रोले त हजारै पटक सुने नि के नै बिग्रार्छ र । भन् न भन् । सिमल मुस्कुराउँदै बोल्यो ।
“परम्परा समाजले आफ्नो आवश्यकता अनुसार बनाएको हुन्छ । धर्म, संस्कार, परम्परा समय अनुसार परिवर्तन गर्न सकिएन भने त्यो अहङ्कार र आडम्बरमात्र हुन्छ । सत्य स्वयम पनि परिवर्तनशील छ । गतिशील पृथ्वीले त परिवर्तनको विरोध गर्न सक्दैन भने हाम्रो जाती त्यो भन्दा माथि हुनै सक्दैन । “ल भन् हामीलाई त्यही पहाड अर्को तर्फको सत्य थाहा छैन भने यो विशाल ब्रह्माण्ड भित्र कस्ता कस्ता रहस्यमय कुराहरू होलान् ? जाबो हामी भने पङ्क्तिमा को पहिला उभिने भन्ने विषयमा अल्झिएका छौँ ।”
“जे होस्, मलाई त्यस घटनाको रत्तीभर चिन्ता छैन । जसरी पर्ला त्यसरी नै टर्ला नि त । तर, खै अर्कै कुरा पो मनमा खेलिरहेको छ, मित्र ?”
“के तँलाई पोखरीस्वर धाम अनि कुल देवताको अस्तित्वमा समेत सन्देह छ त ?”, के “पत्र–गीता” र “वनस्पति” धर्मगन्थ्रहरू ईश्वरको सन्देश होइन र ? सिमलले उत्तेजित हुँदै प्रश्न गर्यो ।
होइन, मैले ईश्वरीय शक्तिको उपहास गर्न खोजेको होइन तर हाम्रो वनस्थलीको भविष्य कुन दिशातर्फ मोडिँदै छ । मलिलो, रापिलो अनि झरिलो ठाउँ कब्जा जमाउने झन् झन् शक्तिशाली हुँदै छन् । रुक्खा सुख्खा जमिन पाउने झन भन सुक्दै गएको छन् ।
“अब के हुन्छ जस्तो लाग्छ तँलाई ?”
“जे होस्, मलाई त्यस घटनाको रत्तीभर चिन्ता छैन । जसरी पर्ला त्यसरी नै टर्ला नि त । तर, खै अर्कै कुरा पो मनमा खेलिरहेको छ, मित्र ?”
के कुरा हो त्यस्तो ? सिमलले सोध्यो ।
महागुरुले भनेको मानव समय, “ के पृथ्वीमा त्यति शक्तिशाली प्राणी थियो त ? गहन रूपमा सोच्दा, के हाम्रा प्राचीन पुर्खाले मानवको हेपाई मौन रूपमा सहेर बसेका थिए होलान् त ? साँच्चै, उड्न सक्ने जीव पंक्षि हाम्रो अँगालोमा हुर्कन्थे त ? ”
“मेरो विचारमा चैँ त्यो विषय हाम्रो कुनै पुर्खाको कल्पना हो जस्तो लाग्छ । यदि ब्रम्हाण्ड का अन्य ग्रहमा जान सक्ने त्यति शक्तिशाली मानिस हुन्थ्यो भने तिनीहरू त्यति सजिल्यै पृथ्वीबाट विस्थापित हुन्थे होलान्, ल भन् त ?”
“यत्रो विशाल ब्रम्हाण्डमा के चैँ सम्भव नहोला र ?”, वृक्षेश्वरले चिन्तनशील मुद्रामा पुनः बोल्यो ।
धर्म ग्रन्थ, अवशेषहरू र अन्य प्रमाणलाई हेर्दा हो भने भने हामी भन्दा अगाडि पृथ्वीमा कुनै चेतनशील जीव थियो भनी तर्क गर्ने अनेकै आधार भेट्न सकिन्छ । त्यस्तै भविष्यमा अर्को चेतनशील विचार भएको अर्को जीवले पृथ्वीमा आफ्नो अधिपतित्व नजमाउला भन्न कहाँ सकिन्छ र ?
“ओइ ! एउटा प्रश्न सोध्छु ल ।”
“भन्न । वृक्षेश्वर मुस्कुराउँदै बोल्यो ।”
तैँले वनस्थली छोड्नु पर्यो भने कहाँ जान्छस् । सिमल गम्भीर हुँदै सोध्यो ।
किन ?
भन् न ।
पक्कै पूर्वतर्फ जान्छु होला । ग्रन्थले पवित्र मानेको दिशा पूर्वतर्फ नै जान्छु होला ।
एक्कासि केही तलबाट आएको कल्याङ्गकुलुङ्ग आवाजले दुवै चनाखो भए ।
बर्बात भयो । वरेको डर भरिएको आवाज सुनियो ।
अब के हुने होला नि । अनिश्चितता मिसिएको आवाजमा निम सुस्कायो ।
“ओइ के को खाइ खाइ खुई खुई हो नि । के भयो ?”, सिमलले हस्याङफस्याङ गर्दै उनीहरू तर्फै आइरहेका वरे र निमलाई सोध्यो ।
“महागुरुले तिमीहरूलाई लिएर पोखरी धाममा आउनु भन्नुभएको छ । अनर्थ ।” वरेले पुरै वाक्य बोल्न सकेन ।
होइन, के अनर्थ सिमल रोकियो र वरेतर्फ हेर्दै बोल्यो ।
केही उड्ने अनौठा जीवहरू आएका छन् । वरेले निमतर्फ फर्कँदै बोल्यो ।
पंक्षी….. पंक्षी रे । तिनीहरूलाई पंक्षी भन्छन् रे । उड्ने शक्ति भएका शक्तिशाली पंक्षी । निम बोल्यो ।
दुवैको कुरा सुनेर सिमल र वृक्षेश्वर एक एर्कालाई हेर्न थाले । केही नबोली सबै पोखरी धामतर्फ लागे ।
उनीहरूलाई नै प्रतीक्षा गरे जस्ता देखिने वनस्थलीवासीहरू एकोहोरो वृक्षेश्वरतर्फ हेर्दै कल्याङ्ग कुलुङ्ग गर्न थाले ।
कृपया शान्त रहनुहोस् । महागुरु रुद्राक्षमाला केही भन्न लाग्दै हुनुहुन्छ । कृपया शान्त हुनुहोस् ।
सम्पूर्ण वनस्थलीवासीहरू,
भर्खरै मात्र वनस्थलीको इतिहासमा एक अनौठो र रहस्यमय घटना घट्यो । पुराना ग्रन्थहरूमा उल्लेख गरिएको पंक्षी प्रजातिको झुण्डले वनस्थलीमा आक्रमण गर्यो । उनीहरूद्वारा केही परिवार लुटिए, कसैलाई सामान्य घाइते बनाइयो भने कोही परिवार उनीहरूबाट बिष्टिए । तिनीहरू उड्न सक्छन् त्यो उनीहरूको शक्ति हो । तर हामी पनि कमजोर छैनौ । हाम्रो एकता र प्रतिरोधले हाम्रा शत्रुहरू यहाँ निकै समय टिक्न सकेनन् । हामीले बुझ्नु पर्ने कुरा भनेको उड्ने उनीहरूको शक्ति हो भने हाम्रो मजबुत हाम्रो एकता हो । परम्परा, संस्कार, मान्यता, धर्म, कुल देवता र पोखरीस्वार धामले अहिलेसम्म हामीलाई सुरक्षित राखेको छ ।
यति भन्नसाथ भीड एउटा आवाज आयो, कुल देवता सूर्य नारायण र पोखरीस्वर धाम को जय । सबैले जय भन्दै दुवै हात उठाएर आफ्नो परम्परा अनुसार आफ्ना इष्ट देवतालाई सम्झिए ।
गत प्रकासमासा पोथ्रीको हात समाएर पहिलो पङ्क्तिमा ल्याउने वृक्षेश्वरको कार्यलाई शास्त्रमा पाप भनेर व्याख्या गरिएको छ । पोथ्रा हुन वा पोथ्री, बुट्यान हुन वा झाडी, रूख हुन वा वृक्ष हाम्रो समाजमा सबैको आफ्नो आफ्नो स्थान छ । उनीहरूलाई उनीहरूको प्रकृति अनुसार स्थान दिएको छ । यदि त्यो स्थान कसैले भङ्ग गर्छ भने त्यो पापी बाहेक केही हुन सक्दैन ।
गुरु परम्परा होस अन्य परम्परा यी सबै हामी वनस्थलीवासीको पहिचान हो । पुर्खाहरूले वर्षै को अनुभव र जीवनयापन पश्चात् हाम्रो सुरक्षार्थ निमार्ण गरिएका यस्ता नियमहरू जसलाई कुनै गहिरो अध्ययन अनुसन्धान विना हचुवाको तालमा परिवर्तन गर्नु हुँदैन । हामी सबैलाई थाहा छ गत प्रकाशमासामा घटेको घटना दुर्घटवस भएको भए पनि निन्दनीय र लज्जास्पद छ । आगामी महागुरु घोषित हाम्रा शिष्य वृक्षेश्वरवाट हामी सबैको भावना विपरीत चालिएको उक्त कदमले हामी वनस्थलीवासीको शिर झुकाएको छ । यति मात्र नभएर हाम्रो कुल देवताको सामुन्ने सम्मुर्ण बनस्थलीवासीहरू साक्षी भएको उक्तको कारण हाम्रो समुदायमा निम्तिएको सङ्कटले गुरु मण्डलीलाई कडा भन्दा कडा कारबाहीको कदम उठाउन विवश बनाएको छ । हामी गुरुहरूको समूहले यस्ता प्रकृतिका कार्यहरू पुन भविष्यमा पुनः नआओस् भन्ने उद्देश्य लिएर वृक्षेश्वरलाई यस वनस्थली उपत्यकाबाट निष्कासन गर्ने निर्णय गरेका छौँ ।
सजाय सुनाउने बित्तिकै पुनः भीडबाट आवाज आयो ।
महागुरु रुद्राक्ष मालाको जय । गुरुहरूको जय । सबैले एकै आवाजमा आफ्ना गुरुहरूको जय जय कार गाए ।
नरिवलदेव गुरु केही अगाडी आए । हाम्रो निर्णय चित्त नबुझे वृक्षेश्वर, तिमी यहाँ आएर आफ्नो भनाई राख्न सक्छौ ।
यो त मृत्युदण्ड भयो । उसले गरेको कर्मलाई यति ठुलो सजाय दिनु हुँदैन् । सिमल चिच्चायो त्यै पनि उसको आवाज कसैले सुनेनन् ।
वृक्षेश्वर, अगाडि पुग्यो । सबै शान्त बने ।
मैले तपाईँहरूको भावनामा चोट पुर्याएकोमा माफी चाहन्छु । कृपया मलाई माफ गरिदिनु होला । यती भन्दै गुरुलाई प्रणाम गर्यो र हात हल्लाउँदै सबै मित्र तथा वनस्थलीवासीहरूसँग बिदा माग्यो ।
विषम परिस्थितिमा समेत यस प्रकारको शालिन व्यवहारले सबै वनस्थलीवासीलाई मौन बनायो । वृक्षेश्वरको निर्भीक स्वीकारोक्ति त्यहाँ उपस्थित प्रायको मनमा आगामी महागुरु घोषित वृक्षेश्वर कतै अन्यायमा त परेन भन्ने समेत भाव समेत उब्जाउन पुग्यो ।
“रोक्नुहोस् । उसलाई रोक्नुहोस् । कृपया, यस्तो त्रुटि नगर्नू । यसको मूल्य हामी सबैले चुकाउनु पर्छ ।” सिमल चिच्याउन थाल्यो । वरे, निम लगायत उसका साथीहरूले सिमललाई समातेर अर्कोतर्फ लगे ।
वृक्षेश्वर सभा निस्कँदै गर्दा अन्तिम लहरमा सुकसुकाउँदै गरेकी पाथ्रीलाई थपथयो र टाउको हल्लाउँदै हाँसेर बिदा गर्न पोथ्रीलाई इशारा गर्यो । त्यसपछि ऊ सरासर गोही दाँते अग्ला अग्ला नाङ्गा पर्वततर्फ आफूलाई लम्काउन थाल्यो ।
ऊ निकै पर पुगिसकेको थियो ।
“ओइ ओइ पर्ख त ।”, दौडँदै आइरहेकी पिपलीले उसलाई निकै बेर आवाज दिइरहेकी थिई ।
दर्गुदै, स्वा स्वा फ्वाँ फ्वाँ हुँदै पिपली वृक्षेश्वरको अगाडी आइपुगी ।
के गरेको यस्तो ? ऊ हुकुमी पारामा बोली ।
एकान्तमा शैतानियत जाग्ला नि रानी । केही समय पहिलेको व्यङ्गको उत्तर फर्काउँदै वृक्षेश्वर रोल्यो ।
उसले बर्रर्र आँसुका थोप्ला चुहाउँदै वृक्षेश्वरलाई अङ्गालो हाली ।
“के भयो पिपली ?”, उसले नम्र स्वरमा पिपलीलाई सोध्यो ।
उसका आँसु रोकिएन । ऊ एकोहोरो वृक्षेश्वरलाई हेर्न थाली ।
“नियति यस्तै रहेछ पिपली ।”
पोथ्रीले सबै भनिसकी । पिपली ले वृक्षेश्वरको ओठ छोप्दै बोली ।
“पिपली के तिमी मलाई साँच्चै माया गर्छ्यौ त ।”
“के लाग्छ वृक्षेश्वर, तिमीलाई । म त्यत्ति कै यहाँ सम्म आए त ।”
“म एक थोक माग्छु दिन्छौ, पिपली ।”
“एक पटक मागेर त हेर, वृक्षेश्वर ।” एकअर्काको अङ्गालो बाँधिएका दुवैको ओठ मात्र सुस्काइरहेका थिए ।
“पहिले बाचा गर । ”
बाचै बाचा भयो तिम्रो लागि । एक मात्र होइन हजारै बाचा भयो । पिपलीले आँटिलो जवाफ फर्काई ।
पोथ्रीले तिमीलाई भनेका कुरा, “के तिमी गोप्य राख्न सक्छौँ ?” यस विषय हामी चारभन्दा बाहिर जानबाट तिमीले मात्र रोक्न सक्छौ । कृपया यो विषयलाई यही सीमित राखौँ ।
“तिमी आफ्नो बली चढाएर के प्रमाणित गर्न खोजी रहेका छौ वृक्षेश्वर ।”
“पिपली, तिमी पोथ्री भएर सोच त । हेर पिपली, उनीहरू एक अर्कालाई असाध्यै माया गर्छन् । मलाई प्रेममा अशुद्धि वा तह हुन्छ जस्तो लाग्दैन । प्रेम त आफैमा अनन्तता, शून्यता र अमृतको कुण्ड हो । जुन आनन्दको कुण्डमा जसलाई पनि डुबुल्की मार्न पाउने अधिकार छ । त्यो ईश्वरीय कुण्डमा तैरन कुनै छेकबार गर्नु हुन्छ जस्तो मलाई लाग्दैन । तर, हाम्रो सामाजिक संरचना त्यो प्रेमलाई प्रेमको रूपमा स्वीकार गर्न मान्दैन । त्यसैले मैले यो परम्परा, संस्कार र समाजलाई पूर्णपुरमा समर्थन गर्न सकिरहेको छैन । यी सबै मेरो भ्रम, अंहमता वा अज्ञानता पनि हुन सक्छ । यसलाई चिर्न मैले यो पवर्तको अर्को तर्फको संसार हेर्नै पर्छ । पत्र–गीतामा भनेजस्तै टुक्रा टुक्रामा पूर्ण सत्य भेटिँदैन । सत्य बुझ्न पूरा हेर्नु पर्छ । तिमी नै भन, बाँकी संसार हेर्ने यस भन्दा अर्को सुर्वण मौका फेरि कहिले आउला । नियतिको समेत यही चाहना जस्तो छ ।”
“जे होस्, मलाई त्यस घटनाको रत्तीभर चिन्ता छैन । जसरी पर्ला त्यसरी नै टर्ला नि त । तर, खै अर्कै कुरा पो मनमा खेलिरहेको छ, मित्र ?”
“के एउटा मुना बचाउन अर्को मुना भाँच्नु मूर्खता हुँदैन ?”, पिपली बोली ।
“त्यसैले भन्दै छु प्रिय पूर्णमा हेर, यदि यसरी हेर्यौ भने दृष्टि र दृश्य दुवै फरक हुन्छ । जुन मुना भाँचे पनि वृक्षलाई उत्तिकै पीडा हुन्छ होइन र । वल्लो हाँगा होस वा पल्लो ।”, वृक्षेश्वरले पिपलीलाई सम्झायो ।
म सक्दिन तिमीसँग । तिम्रा यस्तै कुराले मलाई एकदमै रिस उठाउँछ । फेरि, यस्तै कुरा सुन्न तिम्रो समीप आउन मन लाग्छ । हेर, जहाँ जानु छ जाऊ तर मलाई यसरी घरी घरी नसताऊ । उसले घुर्की लगाउँदै वृक्षेश्वरको छातीमा आफ्नो शिर ढल्काई ।
यसै गरेर निकै बेर दुवै बीच प्रेममय वियोगान्त भलाकुसारी भयो । वृक्षेश्वरको अडानको अगाडि झुकेकी पिपली सुकसुकाउँदै वनस्थली फर्की । वृक्षेश्वर सत्य, ईश्वर र पृथ्वीको अन्वेषण हेतु कठिन भन्दा कठिन पर्वतमाला पार गर्ने अठोट लिएर पूर्व तर्फ बढ्यो ।
समय चल्दै गयो । वृक्षेश्वर हिँडेको करिब दश प्रकाशमासा बितिसक्यो । उसले वनस्थली छाडेपछि क्रमशः वर्षा हुन छाड्यो । सुख्खा र खडेरी लम्बिँदै जान थाल्यो । पोखरीश्वर धाममा पानीको तह बिस्तारै घट्दै जान थाल्यो । परम्परा र संस्कार गुरु परम्पराको नियन्त्रण बाहिर जान थाल्यो । बलियाले पानीका श्रोत देखि प्रकाशका किरण कब्जा गर्दै झन् झन् शक्तिशाली हुन थाले । हेर्दाहेर्दै बलिया र कमजोर बिचको सामाजिक दूरी बढ्न थाल्यो । शान्त बनस्थलीमा बिस्तारै द्वन्द्व र कलह चर्कन थाल्यो ।
गुट उपगुटमा विभाजित युवाहरूमा बिस्तारै स्वार्थको परिबन्धमा घेरिन थाले । अर्को तर्फ आगामी महागुरु घोषित सिमल केही लालचीहरूको घेरामा सीमित हुन पुग्यो । उसमा भएको विवेक र दुरर्दशीता हराउँदै जान थाल्यो । सामूहिक हित विपरीत वकालत गर्दै हिँडेको सिमलदेखि दिक्कदार भएका रुद्राक्ष्यमाला उमेरले झन् झन् क्षीण बन्दै गएका थिए । गुरुहरूको एक गलत निर्णयले वनस्थली बासीको भविष्य सङ्कटग्रस्त बनेकाले उनलाई पार्नु पीर पारेको थियो । आफ्नो गल्ती कसरी सच्चाउन सकिन्छ भन्ने विषयमा हरहमेसा चिन्तन गरिरहन्थे ।
यस्तैमा एक जुनमासा पिपल हतार पतार गर्दै सिमललाई भेट्न आइपुगी ।
“ओइ, सुन त ?” टहल्दै गरेको सिमललाई पिपलले बोलाई ।
उही पुरानो विषयलाई लिएर चर्किएको विवादले दुवै बीच करिब पाँच÷छ प्रकाशमासादेखि बोलचाल भएको थिएन ।
पहिले त उसले नसुने जस्तो गर्यो तर दोस्रो पटक समेत बोलाएकोले ऊ फर्कियो ।
“पोथ्रीले त आत्महत्या गरिछे ।”, अत्तालिँदै गरेकी पिपली बोली ।
“कठै, बिचरी ।” सिमलले सहानुभूति देखाउन खोज्यो ।
के गरोस् त ? बिचरी, घर कि न घाट कि भएकी थिई । सिमलले पोथ्रीको मृत्युमा देखाएको सहानुभूतिका दुई शब्द सुनेर उसको कन्पारो एकाएक तात्यो । तिम्रो प्रेम–प्राप्तिको खातिर वृक्षेश्वरले गरेको त्यागको मूल्य पूरा वनस्थलीवासीले भोग्नु परेको छ । “के तिम्रो प्रेम र मित्रतामा खाली जलप मात्र लागेको थियो ?”
“पूर्व दिशा” वृक्षेश्वरले बोलेको अतिततको वाक्य याद आयो । ऊ वृक्षेश्वरको खोजीमा पूर्वतर्फ लाग्यो ।
सिमल बोल्न सकेन । आत्मग्लानी उसको आँखामा छचल्किन थाल्यो । मित्र र प्रेम दुवै गुमाएपछि बल्ल उसलाई दुवैको कमी महसुस भयो । अतीतको सुन्दर यादहरू गुरुत्वाकर्षणको वरिपरि घुमिरहेका वस्तु जस्तै उसका घुम्न थाले । ऊ रन्थनियो ।
मलाई शक्तिले मताएको थियो । तिमी साहसिक रूपमा सत्यको बाटोमा छौ, पिपली । उसले रसिला आँखा बनाउँदै बोल्यो ।
सायद, वृक्षेश्वर भएको भए यो परिस्थिति । ऊ रोकिई । तर ऊ जीवित छ कि छैन । पिपलीले सिमललाई थप–थपाउँदै बोली ।
एकाएक, सिमल नयाँ ऊर्जाले भरिन थाल्यो । उसले उत्तेजित हुँदै वृक्षेश्वरलाई खोज्न जाने प्रतिज्ञा गर्यो । आफूले गरेको भूलको प्रायश्चित्त गर्न मृत्युमुखी यात्रामा निस्कियो ।
बिना बाटोको यात्रामा । लड्दै र पड्दै थकित हिँडिरयो । बेलाबखत, बेहोस भएर लडिरहन्थ्यो । फेरि उठ्थ्यो । पोथ्री र वृक्षेश्वरको यादहरू सम्झिएर कहिले हाँस्थ्यो त कहिले रुन्थ्यो । सायद वृक्षेश्वरलाई भेटेर वनस्थली फर्काउने आत्मविश्वास नहुँदो हो त उसको प्राण पखेरु निकै पहिले उडिसक्थ्यो होला । जे होस दुःख कष्ट सहेर निरन्तरको यात्रा पश्चात् अग्लो पर्वतमालाको उच्चाइमा पुग्यो । ती राक्षसी पर्वतमालाका अर्कोतर्फ अनन्तसँग जोडिएको विशाल घाँसे मैदान थियो ।
“पूर्व दिशा” वृक्षेश्वरले बोलेको अतिततको वाक्य याद आयो । ऊ वृक्षेश्वरको खोजीमा पूर्वतर्फ लाग्यो ।
केही समयको यात्रा पश्चात् पूर्वतर्फको घाँसे मैदानमा मौन बसिरहेको उसैको मित्र वृक्षेश्वरलाई देख्यो र ऊ भए तर्फ अगाडि बढ्यो ।
“मित्र, ए मित्र !”, शान्त बसिरहेको आफ्नो मित्रलाई उसले बोलायो ।
शान्त वृक्षेश्वरले बिस्तारै आफूलाई जगायो । यस स्थानमा वर्षै पुरानो आफ्नो मित्र सिमललाई देखेर ऊ बिस्तारै मुस्कुरायो ।
“म तिमीलाई लिन आएको मित्र । हिँड आफ्नै घर फर्की जाऔँ ।”, खुसी र पीडाको अर्धमिश्रित भावनामा सिमल बोल्यो ।
ऊ केही नबोली पुन मुस्कुरायो । आफ्नो मित्रलाई अङ्गालोमा बाँध्यो ।
“मित्र, तिमीले लामो यात्रा तय गरेका छौ । थकाइलाई केही विश्राम देऊ ।”
“वनस्थली अशान्त छ मित्र । कलह र द्वन्द्व चर्कँदो छ । वनस्थलीलाई तिम्रो आवश्यकता छ ।”
“यो सबै पूर्व निर्धारित थियो मित्र । जब श्रोत र साधन सकिँदै जान्छ तब त्यस स्थानमा द्वन्द्वको विकल्प हुँदैन । त्यस्तो अवस्थामा केही चरित्रवान् चरित्र समेत विस्तरै पतन तर्फ अग्रसर हुन थाल्छन् । यही सत्य हो ।”, वृक्षेश्वर गम्भीर हुँदै बोल्यो ।
कृपया, यस्तो कुरा नगर मित्र । सुरुमा मैले गरेको भूलको सजाय आफूले उठायौँ । अब, वनस्थलीवासीबाट टाढा भएर उनीहरूलाई सजाय नदेऊ ।
यो सब नियति हो मित्र । यसमा हामी कसैको दोष छैन । बरु भन पोथ्रीको अवस्था कस्तो छ । वृक्षेश्वरले कुराको धार परिवर्तन गर्न खोज्यो ।
वृक्षेश्वरको यो कुराले सिमललाई निशब्द बनायो । ऊ झुक्यो ।
ऊ भक्कानिँदै केही बोल्न खोज्दै थियो । केही परबाट आइरहेका पंक्षीहरूतर्फ उसको आँखा पर्यो । डराएर ऊ अत्तालिँदै वृक्षेश्वरतर्फ ढल्कियो । हेर त पंक्षीहरूको झुण्ड हामी तर्फ नै आउँदै छ ।
“शान्त मित्र । शान्त । यदि तिमी चल्मलाएऊ भने उनीहरू तर्सने छन् । कृपया, अचल भएर बस ।”
पंक्षीहरूको झुण्ड एकै क्षणमा त्यहाँ आइपुगे । सिमललाई समेत त्यहाँ पाएर उनीहरू नाचे, गाए अनि रमाए । केही क्षणमा घाँसे मैदानका अन्य जीवहरू समेत वृक्षेश्वर र सिमलको वरिपरि खेल्न थाले । वरिपरिका यस्ता दृश्यहरू सिमलका लागि अनौठा थिए त्यै पनि बिस्तारै उसलाई यो सबै प्राकृतिक क्यानभासका मनमोहक दृश्यहरू सुन्दर लाग्न थाल्दै थियो ।
सुरुमा मैले गरेको भूलको सजाय आफूले उठायौँ । अब, वनस्थलीवासीबाट टाढा भएर उनीहरूलाई सजाय नदेऊ ।
वृक्षेश्वरलाई हेर्दै शान्त र मौन थियो तर धेरै समय हलचल नगरी बस्दा उसलाई भित्र भित्रै घुटन भइरहेको थियो । केहीक्षण मै उसको धैर्य टुट्न लाग्यो । केही पंक्षीका झुन्ड आएर बस्न लाग्दा उसलाई कुतकुती लागे जस्तो भयो । ऊ उफ्रँदै चिच्यायो । उसको उफ्राई र चिच्याइले सम्पूर्ण वातावरण तरङ्गित हुन पुग्यो । पंक्षीहरू उडे । जनवारहरू लुक्न लागे । केही क्षण मै पुन घाँसे मैदानको वातावरण युध्योत्तर बन्न पुग्यो ।
“मित्र, यो कस्तो सहनशीलता हो ? तिमी स्थिर छौँ । तिम्रो चारैतिर अचम्मको आभा चम्किरहेको छ । कुरा के हो ?”
“कहाँबाट सुन्न चाहन्छौ मित्र ?”, अशान्त तथा जिज्ञासु सिमललाई सोध्यो ।
“सुरुदेखि नै मित्र ।”, सिमल बोल्यो ।
“तिमीले पनि पार गरेको त्यो कठिनभन्दा कठिन यात्रा पार गरेर जब यहाँसम्म आइपुगे तब मलाई केही समय यहाँ आराम गर्न मन लाग्यो । ठीक त्यसै बखत एक महात्मा मेरो छहारीमा ध्यान गर्न आइपुगे । हामी दुईले कुरा गर्ने मानव । हजारै हजार वर्ष पुरानो मानव । पूर्ण चेतनाले भरिएको मानव । भूत र भविष्य ज्ञाता ।”
“त्यसपछि के भयो ?” सिमलको उत्सुकताको पारो चढ्न थाल्यो ।
तिनले यही स्थानमा लामो समय बिताए । प्राय प्राय ध्यानस्थ रहने ती महात्मा को प्रत्येक कर्म प्रेम ऊर्जाले भरिएको हुन्थ्यो । बिस्तारै मलाई उनको निकटताले आनन्द मिल्न थाल्यो । मेरो हृदयमा उब्जिएका अनुत्तरित प्रश्नहरूको उत्तर मिल्न थाल्यो । कुनै बखत सत्य लाग्ने कुरा असत्य हुन थाले। परम्परा, संस्कार र मान्यतामा घेरिएर जेलिएका सोचाई, विचार र चिन्तन को दायरा आफै बढ्न थाल्यो । वनस्थलीको वृक्षेश्वरले वृक्षको रूपमा नयाँ जन्म लिन पुग्यो ।
म मात्र होइन क्रमशः अन्य जीव समेत उनको नजिक आउने थाले । हामी सबै एक अर्काको सान्ध्यमा रमाउन थाल्यै । यसरी नै लामो समय बित्यो ।
एक सन्ध्या उनले आफू बस्ने हिमालय पर्वको बारेमा सबैलाई भने । कर्म र ध्यानको बारेमा सबैलाई ज्ञान दिँदै सृष्टिको कुनै महत्त्वपूर्ण कार्य गर्ने हेतु ती महात्मा एकाएक अन्तर्ध्यान भए । हामी सबैले उनको नाम पशुपति राखिदियौ ।
त्यसै समयदेखि म स्थिर छु । भित्र भित्रै मेरो वाट हाम्रो भावना पलाउँदै जान थालेको छ मित्र । समग्र पृथ्वी आफ्नो लाग्न थालेको छ ।
“हेर न पवनको गति सँगै चलिदिन्छु । सङ्गीत भरिएको यस घाँसे मैदानमा आउने पशु र पंक्षीहरू सँग केही समय बिताउँछु । बाँकी समय ध्यानद्वारा परमात्माको आश्रममा रमिरहन्छु । बिस्तारै आफूलाई यही समर्पित गर्दै नयाँ जन्मलाई स्वागत गर्न चाहन्छु । मृत्युको द्वार ढकढकाउनु पूर्व सम्पूर्ण पृथ्वीलाई प्रेमले भरिदिन चाहन्छु ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










