पोस्टरकवितामा स्थापित मात्र होइन तर इमान्दरीपुर्वक कविता लेखनमा आउने नयाँ कविहरूलाई पनि हामी ठाउँ दिँदैछौं।

लियानार्दो दा भिन्चीले भन्का छन्- चित्रकारले बनाएको चित्र छुन सकिने अनुभूत गर्न नसकिने कविता हो भने कविताचाँहि छुन नसकिने तर अनुभूत गर्न सकिने चित्र हो।

कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विद्याहरूमध्ये एक हो । साहित्यमा कविता विद्या अत्यन्त सशक्त र प्रभावशाली माध्यम भएर देखापर्छ । कविता लेखन सरसर्ती हेर्दा जति सहज लाग्छ त्यति सहज भने हुँदैन । शब्दको छनौट, वाक्यको बनौट, बिम्ब, प्रतिक, सान्दर्भिक्ताले पाठकमा प्रभावशाली छाप पार्न सकिएन भने कविले कविताको बाटोमा आफुलाई लड़खड़ाएको कुरा महसुस गर्न सक्नुपर्छ र आफुलाई कविता लेखनमा सचेत बनाउनु आवश्यक देखिन्छ ।

कविता आफैमा एउटा अविषकार हो । कविता लेख्ने कवि पारखी हुनुपर्छ ।

रवि रोदन

कविता कविको निम्ति समय र समाजसँग बात मार्ने औजार बन्छ । आफूले बोकी हिड़ेको विचारको सम्प्रेषण गर्न, आफ्नो पक्षधरतालाई प्रकट गर्न अनि समाज र समयसँग बात मार्न कविले कवितालाई साधन बनाउँछ। कवितामा विचारलाई स्पेश दिनु अति आवश्यक देखिन्छ।

विचारको रङले पोतिएको कविता ज्यादै बलशाली हुन्छ। मनको गहिरो कुवामा कुनै विषयले स्पर्श गरेपछि नै कविताले आकार लिन्छ। हरेक कवि वैचारिक रूपमा स्पष्ट हुन आवश्यक छ।  कविता बाँच्ने नै विचारले हो र कवि बाँच्ने कविताले। विचार नै कविताको प्राण हो, जीवन हो र सर्वस्व हो। कविताको भाषा कलात्मक हुन्छ।

कविताले वास्तमा सामाजिक राजनीति गर्छ। संवेदनशील भएर कविले वास्तवमा कविताबाट समाजलाई प्रतिनिधि गरिरहेका हुन्छन् । राम्रो कविमा चेतनाको नुन तिक्खर हुन्छ । कवितामा मौन विद्रोह देखिन्छ। कविताको नदीमा कविहरू मानक आदर्शहरू भत्काउँछन्, वर्जित सिमानाहरू तोड़छन्, आगोको फूलहरू कुल्चिन्दै हिड़छन् । कविले कविता ‘आउट अफ बिट लेख्नु भुक्तभोगी मान्छेको मौलिक अनुहार र अर्गायनिक गन्ध कवितामा लेखेर साँचो धर्म पुरा गरेको कुरा बुझ्न सकिन्छ । यी कविहरूले लेखेका कविताहरू पढ़ेपछि कविताको शक्ति कति हुन्छ  भन्ने कुरामाथि बलियो विश्वास गर्न सकिन्छ।

कविता लेखन साधना हो अनि यसमा लामो समयसम्म लागिरहनु वा कविताकर्मी हुनुलाई इमान्दरीपुर्वक अध्ययन गर्ने प्रवृति नअपनाए कविता दुई दिनको रहर मात्र साबित हुन्छ। पठन –संस्कृतिको विकाश गरेर लाने आवश्यक्ता देखिन्छ ।

नेपाली कविताहरूको उचाईहरू पनि यी यस्ता मसिना मसिना भोक,पहिचानको सँघर्ष र सपनाको द्वन्दहरूबाट उतपन्न भएको जस्तो लाग्छ।  अहिलेको पुस्तामा केही सृजनात्मक अराजकता देखिन्छ, त्यो अराजकता वास्तवमा समय र समाजबिचको समकालिन अनुहार हो। आजको गतिशील साहित्यिक समाजले कवितामा केही नया कुराहरू खोजिरहेको अवस्था हामी थाहा भएको बोध गरिरहेका छौं ।  कविता वाचन प्रस्तुतिको रूप पनि अहिले नया तरिकामा गरिन्दा प्रभावकारी भएको देखिन्दैछ । पाठकलाई आफ्नो कुरा सम्प्रेषण गर्न कविहरू आफ्ना कवितालाई  पर्फरमिङ आर्टतिर ढालदैछन् । अभिसङ्गी  कविता। संगीत कविता नाटक कविता,  दृश्य कविता, फोटो कविता, मल्टीमिडिया कविता र अहिले हामीले गर्दैगरेको पोस्टरकविता जस्ता प्रयोगले पनि पाठकलाई कवितातर्फ तानिरहेको छ।

नव युवा पुस्ताहरू कविता लेखनमा होमिएका छन् । स्थापित कवि वा अग्रजलाई मात्र पत्र पत्रिकामा ठाउँ दिएको तर हामीलाई ठाउँ नदिएको हाम्रो सृजनालाई वास्ता नगरिदिएको गुनासो पटक पटक भइ रहन्छ। साहित्यमा एक प्रकारको गुटबाजी भएको र आफ्नै सर्कलका साथीभाइहरूले मात्र कविता पढिदिने मन पराइदिने लाइक र कमेन्ट गरिदिने तर फलानाले मेरो सृजना नहेरिदिएको गुनासो फेसबुकको वालमा हामी हेरिरहन्छौं । यो भएको पनि छ कताकता तर सँधै होइन ।

पोस्टरकवितामा स्थापित मात्र होइन तर इमान्दरीपुर्वक कविता लेखनमा आउने नयाँ कविहरूलाई पनि हामी ठाउँ दिँदैछौं।

 

प्रस्तुत छ यस शृङ्खलाका कविताहरूः

१.

मिरिककी कमला राईका नेपाली र हिन्दी कविता सङ्ग्रह प्रकाशित छ । उनले केही पुरस्कार पनि जितेकी छन् ।

२.

भोला विद्रोही कवितामा चिनिएको नाम हो । सन् २०१२ बाट उनका कविताहरु प्रकाशित हुन थालेका थिए ।

३.

नुवाकोटका राममणि विगत २० वर्षबाट कविता, कथा लेखिरहेका छन् । हाल उनी काठमाडौँमा बस्छन् ।

४.

भोजपुरका दिलीप बान्तवा हाल कोरियामा छन् । उनी कविता लेखिरहन्छन् ।

५.

प्रवीण राई जुमेली पश्चिम सिक्किमबाट हुन्। उनका जम्मा ९ वटा कृतिहरु प्रकाशित छन्।

६.

आसामकी इन्दिरा गौतम फुट्कर रचना गरिरन्छिन् । पेशाले उनी शिक्षिका हुन् ।

७.

रुपक अधिकारी कथा, उपन्यास र कवितामा कलम चलाउँछन् ।

८.

कविता लेखिरहने पुरण क्षेत्रीले विद्यार्थी जीवनबाटै कलम चलाएका हुन् । विभिन्न पत्रिका उनका रचना प्रकाशित छन् ।

९.

१०.

रौतहटमा जन्मेका अनुराग अरुणले धेरै पहिलाबाट कलम चलाउन थालेका हुन् । उनी बैंकका अवकाश प्राप्त कर्मचारीसमेत रहेका छन् ।

 

 

कविता पठाउनको लागि

कविहरूले आफ्ना छोटा कविता युनिकोड फन्टको प्रयोग गरेर , आफ्नो फोटो र संक्षिप्त परिचय ravirodan88@gmail.com मा पठाइदिनुहुन विनम्र निवेदन गर्दछौँ ।

(पोस्टरकविता सम्पादक, रवि रोदन )