नेपाली समकालीन कविता हाम्रो समयको महत्त्वपूर्ण सरोकारको कुराहरू बोकेर खडा भएको देखिन्छ। यी कविताले यथार्थवादी चेतनाको स्पष्ट संकेत दिएको पाइन्छ। आर्थिक-समाजिक-सांस्कृतिक संकटको गहिरो आभास भएको यस समयमा कविताको माध्यमबाट कविहरुले आफ्नो धर्म पूरा गरिरहेका छन्।

समकालीन कविता प्रेममाथि होस् वा राजनैतिक स्थिति वा मानवीय संकट, यति निश्चित छ कि एक खास समयको संवेदना यसको चित्रण र प्रस्तुतिबाट पाठकहरू प्रभावित भइरहेका छन्।

साहित्यपोस्ट पोस्टरकविता अभियानले कविहरूलाई रचनात्मक हस्तक्षेपको रूपमा आफ्नो छुट्टै पहिचान बनाउने बाटो तयार पारिरहेको छ। नयाँ-पुराना कविहरूको उतकृष्ट कविताहरूलाई पोस्टरबाट प्रस्तुत गरिनु कविताबाट समाज र जीवनको कुरा गर्नु हो। कवितालाई यसरी प्रत्येक बिहीबार हामीले पस्किरहेका छौं। पाठकहरूबाट सरसल्लाहको पनि अपेक्षा साँचेका छौँ।

पढ्नुहोस् यी दस कविहरूको पोस्टरकविताः