जन्मिएपछि
बाआमाले खेलाए
अलि हुर्किएपछि
स्कुलले खेलायो
किशोर भएपछि
प्रेमिकाले खेलाई
युवा भएपछि
तनाव
बेरोजगार
रोजगार
श्रीमती
र
सन्तानले खेलाए
उमेर ढल्किएपछि
रोग
डाक्टर
र
औषधिले खेलाए
ओछ्यान परेपछि
अनिद्रा
र
मृत्युको चिन्ताले खेलायो
मृत्युपछि
आगो
र
पानीले
खेलायो
र
अन्तमा
शरीर छोडी उडेको सासलाई
कसले खेलायो होला ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










