मुरासाकी शिकिबु – विश्वको पहिलो उपन्यास लेखिका

 

मुरासाकी शिकिबु एक प्रसिद्ध जापानी लेखक र कवि थिइन् । उनीलाई विश्वको पहिलो उपन्यासकार मानिन्छ । उनले प्रसिद्ध उपन्यास “द टेल अफ गेन्जी” लेखिन्, जुन उपन्यासले उनको समयमा व्यापक रूपमा लोकप्रियता पायो । अझै पनि द टेल अफ गेन्जीलाई जापानी साहित्यमा सबैभन्दा महत्त्वपूर्ण कृतिमध्ये एक मानिन्छ । उनको युगमा महिलाहरूलाई बुद्धिमान मानिदैन

थ्यो । त्यो समयमा जापानी महिलाहरूलाई धेरै सामाजिक प्रतिबन्धहरू लगाइएको हुन्थ्यो । तैपनि उक्त सामाजिक प्रतिबन्धलाई तोड्दै, जापानी भाषालाई विश्वमाझ चिनाउन आफूले सक्दो मेहनत गरिन् । साहित्य लेखनको लागि अग्रस्थानमा उभिइरहिन् ।

मुरासाकी शिकिबुको जन्म ९७३ वा ९७८ ईस्वीमा जापानको हेयान-क्योमा भएको थियो । उनी फुजिवारा परिवारमा जन्मेकी थिइन् । उनको पुर्खा फुजिवारा नो योशिफुसा पहिलो र ९ औं शताब्दीको फुजिवारा राजनेता थियो। राजनीतिक शक्ति कब्जा गर्न र अदालतको राजनीतिलाई नियन्त्रण गर्न फुजिवारा परिवारले प्रायः आफ्ना छोरीहरूलाई सम्राट र शाही परिवारका सदस्यहरूसँग मात्र विवाह गरिदिने गर्थे ।

उनका बुवा र हजुरबुबा दुवै प्रशंसित कवि थिए र समुदायमा उनीहरूको उच्च प्रशंसा हुन्थ्यो । उनका बुबा फुजिवारा नो तामेटोकी थिए, जो चिनियाँ क्लासिक्स र कविताका प्रसिद्ध विद्वान थिए। उनी ९९६ ईस्वीमा फुजीवारा सरकारको गभर्नर पनि भए । उनकी आमा पनि फुजिवारा कुलको वंशज थिइन् र उनीहरूसँग तीन छोराछोरी, दुई छोरी र एक छोरा थिए। सुत्केरीकै क्रममा मुरासा

कीकी आमाको मृत्यु भएको अनुमान गरिएको छ ।

जापानमा हेयान युगमा, पति र पत्नीहरू फरक-फरक घरहरूमा बस्थे र छोराछोरीहरू आफ्ना आमाहरूसँग बस्ने गर्थे। तर मुरासाकीको बाल्यकाल भने निकै फरक रह्यो, किनभने उनी आफ्नो कान्छो भाइ नोबुनोरीसँग क्योटोको तेरामाची गल्लीमा आफ्नो बुबाको घरमा बस्थिन् ।

हेयान संस्कृतिमा परम्परागत रूपमा पुरुषहरूलाई मात्र चिनियाँ भाषा सिकाइन्थ्यो तर उनी निकै भाग्यमानी थिइन् । उनले आफ्नो बुबाको साथमा बसेर, शास्त्रीय चिनियाँ भाषासँगै अरू पनि कही भाषाहरू सिकिन् र ती सबैमा निपुण पनि भइन् । उनका बुबाले उनी पुरुष भएर नजन्मेकोमा प्रायः विलाप गर्ने गर्थे भन्ने उनले आफ्नो डायरीमा उल्लेख गरेकी छन् । बुबाले उनी छोरा भएको भए झनै विशाल प्रतिभा देख्न पाइन्थ्यो भनी गुनासो गर्ने गर्थे । उनले संगीत, जापानी कविता र क्यालिग्राफी जस्ता विषयहरूमा थप औपचारिक शिक्षा प्राप्त गरेकी थिइन् ।

मुरासाकी ज्ञान र उचित शिक्षाले सशस्त्र एक बुद्धिमान महिला थिइन् । उनको जीवनी र कविताले उनी एक नवोदित लेखक थिइन् भन्ने झल्काउँछ । उनले प्रायः मात्र आफ्ना महिला साथीहरूसँग आफ्ना कविताहरू सुनाउने गर्थिन् तर पुरुषहरूसँग भने कहिल्यै पनि कविताहरू आदनप्रदान गरिनन् ।

मुरासाकीले आफ्नो बुबाको साथी फुजिवारा नो नोबुटाकासँग विवाह गरिन्। उनका श्रीमान् समारोह मन्त्रालयमा प्रशासनिक अधिकारी थिए। उनकी एक छोरी, केन्शी (काटाइको) को जन्म ९९९ ईस्वीमा भएको थियो। उनी अन्ततः दिनी नो सन्मी नामबाट प्रख्यात कवि बनिन्। छोरी जन्मेको दुई वर्षपछि उनका श्रीमान्को हैजाबाट मृत्यु भयो। उनका श्रीमान् नोबुटाकाको मृत्युपछि, उनीको घरमा घर चलाउन र छोरीको हेरचाह गर्न केही परिचारकहरू राखिएका थिए । जसले मद्दतमा उनलाई लेखनमा ध्यान केन्द्रित गर्न पर्याप्त समय मिल्थ्यो । धेरै विज्ञहरू विश्वास गर्छन् कि उनले आफ्नो पतिको मृत्यु हुनुअघि ‘द टेल अफ गेन्जी’ लेख्न थालेकी हुन् । उनले आफ्नो डायरीको एउटा अंशमा लेखेकी छन्, “केही वर्षदेखि म निराश र अन्योलमा परेँ । म दिनदिनै सूचीविहीन जीवनको अस्तित्वमा थिएँ । समय बित्दै जाँदा मलाई एक्लोपनले धेरै सताउन थाल्यो । उक्त एक्लोपन मेरो जीवनको एकदमै असह्य र पीडादायिक अवस्था थियो ।”

उनको सबैभन्दा प्रसिद्ध कृति उपन्यास ‘द टेल अफ गेन्जी’ हो । यसबाहेक उनले ‘द डायरी अफ लेडी मुरासाकी’ र ‘पोएटिक मेमोइर्स’ पनि लेखिन्, जुन १२८ कविताहरूको सङ्ग्रह हो ।

उनका कामहरूले जापानी साहित्यलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने उनको लेखनले जापानी लेखनको अलिखित भाषाबाट लिखित भाषामा शुरुवात र विकासलाई प्रतिविम्बित गर्दछ । ‘द टेल अफ गेन्जी’ तीन भागको उपन्यास हो जसमा ११०० पृष्ठहरू छन्। यसमा ५४ अध्यायहरू समावेश गरिएका छन् । उक्त उपन्यास समाप्त गर्न उनलाई लगभग एक दशक लाग्यो।

“मुरासाकी शिकिबु” यो उनको वास्तविक नाम नभएर एक अनुमानित नाम हो किनभने उनको वास्तविक नाम आजसम्म कसैलाई थाहा हुन सकेको छैन । कसैलाई थाहा छैन पनि । यो नाम उनको आफ्नै उपन्यासको नायिकाको नाम हो । उनको उपन्यासको नायिका पनि मुरासाकी नै हो । अनि “शिकिबु” चाहिँ उनको बुबाको पदबाट उनलाई दिइएको नाम हो । उनी सानैदेखि बडो प्रतिभाशाली थिइन् । उनले चाँडै चिनियाँ भाषा पनि सिकिन् । त्यो बेला जापानमा केटीहरूलाई अन्तर्राष्ट्रिय भाषा सिकाइँदैनथ्यो । पछि उनलाई एक शक्तिशाली लेखिकाको कारण उनलाई इम्पेरियल दरबारमा महारानीको सल्लाहकारको रूपमा काम गर्ने अवसर दिइएको थियो ।

हेयान महिलाहरूलाई परम्परागत रूपमा चिनियाँ भाषा, सरकारको लिखित भाषा सिक्नबाट वञ्चित गरिएको थियो तर आफ्नो विद्वान बुबाको घरमा हुर्केकी मुरासाकीले चिनियाँ क्लासिक्सको लागि अत्यावश्यक योग्यता देखाइन् । बीसको दशकको अन्तमा उनले विवाह गरिन् । आफ्नो पतिको मृत्यु हुनुभन्दा दुई वर्षअघि छोरीलाई जन्म दिइन् । उनी विवाहित हुनुभन्दा अघि वा विधवा भएको केही समयपछि द टेल अफ गेन्जी लेख्न थालेकी हुन् भन्ने धेरेको अनुमान छ । दरबारमा काम गरेको पाँच वा छ वर्षपछि, उनले दरबार छोडिन् । उनको मृत्युको मिति पनि मात्र अनुमानको आधारमा तोकिएको छ । उनको मृत्युबारे धेरै विद्वानहरूको आआफ्नै रहेको पाइएको छ । धेरैजसो विद्वानहरू उनको मृत्यु ई. सं. १०१४ मा भएको बताउँछन् भने केही विद्वानहरूको मत यो छ कि उनी ई.सं. १०३१ वा १०२५ सम्म जीवित थिइन् ।

मुरासाकीले द डायरी अफ लेडी मुरासाकीको पनि रचना गरेकी थिइन् । डायरी अफ लेडी उनको कविता संग्रह हो । द टेल अफ गेन्जी लेखन पूरा भएको एक दशकभित्र, जापानको सबै प्रान्तहरूमा उक्त उपन्यासको वितरण गरियो । एक शताब्दीभित्र यसले जापानी साहित्यको एक उत्कृष्ट कृतिको मान्यता प्राप्त गरेसँगै केही विद्वानहरूको आलोचनाको विषय पनि बन्यो । २० औं शताब्दीको सुरुमा टेल अफ गेन्जीको अंग्रेजी अनुवाद गरियो । छ खण्डको अंग्रेजी अनुवाद सन् १९३३ मा सम्पन्न भयो ।

योसानो अकिको द टेल अफ गेन्जीलाई आधुनिक जापानी भाषामा अनुवाद गर्ने पहिलो लेखक हुन् । मुरासाकीले द टेल अफ गेन्जी अध्याय १ देखि ३३ सम्म मात्र लेखेकी थिइन् । पछि अध्याय ३५ देखि ५४ सम्म उनकी छोरी डेनी नो सानमीले लेखेकी हुन् भन्ने धेरैको विश्वास रहेको छ ।

उनी ज्ञान र उचित शिक्षाले सशस्त्र एक बुद्धिमान महिला थिइन्। उनको जीवनी र कविताले उनी एक नवोदित लेखक थिइन् भन्ने झल्काउँछ । र, उनले प्रायः अन्य महिलाहरूसँग आफ्ना कविताहरू आदानप्रदान गरिन्, तर पुरुषहरूसँग कहिल्यै गरिनन्। उनका श्रीमान् नोबुटाकाको मृत्युपछि, उनीसँग घर चलाउन र छोरीको हेरचाह गर्न परिचारकहरू राखिएका थिए । जसले उनलाई लेखनमा ध्यान केन्द्रित गर्न पर्याप्त समय प्रदान मिल्थ्यो । धेरै विज्ञहरू विश्वास गर्छन् कि उनले आफ्नो पतिको मृत्यु हुनु अघि ‘द टेल अफ गेन्जी’ लेख्न थालेकी हुन् ।

उनको सबैभन्दा प्रसिद्ध कृति उपन्यास ‘द टेल अफ गेन्जी’ हो । यसबाहेक उनले ‘द डायरी अफ लेडी मुरासाकी’ र ‘पोएटिक मेमोय’ पनि लेखिन्, जुन १२८ कविताहरूको सङ्ग्रह हो ।

उनका कामहरूले जापानी साहित्यलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ, किनभने उनको लेखनले जापानी लेखनको अलिखित भाषाबाट लिखित भाषामा शुरुवात र विकासलाई प्रतिविम्बित गर्दछ । ‘द टेल अफ गेन्जी’ तीन भागको उपन्यास हो, जसमा ११०० पृष्ठहरू छन्। यसमा ५४ अध्यायहरू समावेश गरिएका छन् । उक्त उपन्यास समाप्त गर्न उनलाई लगभग एक दशक लाग्यो।