जराथुस्त्रको प्रवचन

१. तीन रूपान्तरण

म तिमीहरूलाई आत्माको तीन रूपान्तरणबारे बताउँछु, कसरी आत्मा ऊँट, ऊँटबाट एउटा सिंह र अन्तमा सिंह एउटा बालक बन्छ ।

आत्माको लागि हामीकहाँ निकै गह्रौँ चीजहरू उपस्थित छन् । गह्रौँ भारी बोक्ने आत्मा, जसमा अनन्त श्रद्धा बस्छ । भार ! सबैभन्दा गह्रौँ भारले नै यसको शक्ति अनन्त हुन्छ ।

भार के हो ? भार बोक्ने आत्मालाई आत्माले नै सोध्छ । त्यसपछि ऊँटलेझैँ घुँडा टेक्छ । ऊ आफ्नो पिठ्यूको भारीलाई राम्ररी बाँध्न चाहन्छ ।

हे नायकहरू हो ! सबैभन्दा गह्रौँ चीज के हो ? यसरी ऊ बोझ बोक्ने आत्मालाई सोध्छ । कि त म यसलाई स्वीकार्न सकूँ, या त आफ्नो ऊर्जामा रमाउन सकूँ ।

के यो त्यो भार होइन ? जो आफ्नो घमण्ड नष्ट गर्नको लागि आफैलाई अपमानित गरिरहेको छ । आफ्नो हृदयको खिल्ली उडाउनको निम्ति आफ्नै मूर्खता प्रदर्शन गर्न चाहेको छ ?

वा यो त्यो हो ? जो आफ्नो विजय उत्सव मनाउँदा हाम्रो भार त्याग्न चाहन्छ ? अग्ला अग्ला पर्वत चढ्नेलाई प्रलोभनमा पार्न चाहन्छ ?

वा यो त्यो हो ? जो ज्ञानको खरानी र घाँस खाएर सत्यको खातिर आत्मालाई भोको राख्न चाहन्छ ?

वा यो त्यो हो ? जो बिरामी हुँदा हेरचाह गर्नेहरूलाई कतै पन्छाएर बहिराहरूलाई साथी बनाउन चाहन्छ । जसले तिम्रो बिन्ती कहिल्यै सुन्दैनन् ।

वा यो त्यो हो ? जोसँग सत्यको सफा पानी हुँदा हुँदै पनि फोहोर पानीमा हाम फाल्न चाहन्छ । भ्यागुता लगायत पानीमा बस्ने अन्य जीवलाई भने स्वीकार्न सक्दैन । यस्तो किन ?

वा यो त्यो हो ? जो हामीलाई घृणा गर्नेहरूलाई प्रेम गर्न चाहन्छ र डर लगायत अन्य भयले हाम्रो हृदय काँपिरहेको बेला प्रेतसँग मित्रता गाँस्न चाहन्छ ।

यी सबै बोझहरू आत्मा आफैले जानीजानी बोक्छ । ऊँट जस्तै भारीले लादिएर हिँड्न चाहन्छ । उजाड स्थानमा जान हतारिन्छ । उसलाइझैँ आत्मालाई पनि उजाड स्थानमा लैजान हतारिन्छ ।

त्यही एक्लो मरुभूमिबाट दोस्रो रूपान्तरण सुरु हुन्छ । यहाँ आत्मा सिंह बन्छ । जसले स्वतन्त्रता कब्जा गर्नेछ र उक्त उजाड स्थानमा आफ्नो हैकम जमाउनेछ ।

ऊ त्यहाँ आफ्नो अन्तिम ईश्वर खोज्छ । जो ऊ स्वयं र अन्तिम ईश्वरको शत्रु हुनेछ । विजयको लागि डरलाग्दो शैतानसँग युद्ध गर्नेछ ।

आत्मा आफैँले ईश्वरलाई बोलाउन चाहेको छैन भने, त्यो डरलाग्दो शैतान चाहिँ को हो ?

के तिमी यसलाई शैतान नै भन्छौ ? यसलाई परास्त गर्न सक्छौ ? तर सिंहको आत्माले भन्छ, “म गर्नेछु । म सक्छु ।”

के तिमीले यसको बाटो देखेका छौ ? जो सुनले चम्किरहेको छ । जीवजन्तु समेत सुनैले ढाकिएका छन् । जो हरेक ठाउँमा चम्कन्छ । के तिमी चम्कन सकेका छौ ?

हजारौँ हजार वर्षका मूल्यहरू ती तराजूहरूमा चम्किन्छन् । यसरी नै सबै शैतानहरूमध्ये सबैभन्दा शक्तिशाली चाहिँ भन्न थाल्छ, “वस्तुका सबै मूल्यहरू हो ! आऊ, मेरो साथमा रहेर चम्क ।”

सबै मानिहरू पहिले नै सृष्टि भइसकेका हुन् । सृष्टि भइसकेका मानिसहरू हो ! के म तिमीहरूको प्रतिनिधित्व गर्न सक्छु ? साँच्चै, अब कुनै ‘म’ को नेतृत्व गर्नेछु । जो मसँग नै हुँदैन । यसरी शैतान बोल्छ ।

मेरा भाइहरू हो ! आत्मालाई सिंहको आवश्यकता किन पर्छ हँ ? के त्याग गर्न सक्ने र आदर सत्कार आदिको बोझ बोक्ने जनावर नै यसको लागि पर्याप्त छैन र ?

नयाँ मूल्यहरूको सृष्टि ! जो सिंह आफैँले समेत पूरा गर्न सक्दैन । तैपनि नयाँ सृष्टिको निम्ति आफूलाई स्वतन्त्रताको संसारमा लैजान भने उक्त सिंहको शक्तिले भरपूर मद्दत गर्न सक्छ ।

आफूलाई स्वतन्त्रताको मैदानमा डोर्याउन, र कर्तव्यको निमित्त एउटा पवित्र लक्ष्य पनि रोज । मेरो भाइहरू हो ! जुन बाटोमा सिंहको भरपूर आवश्यकता पर्न सक्छ ।

नयाँ मानवहरूको सवारीलाई ग्रहण गरी यो भारलाई सहनुको साथै आदर गर्ने कामनाको लागि सबैभन्दा उपयोगी धारणा यही हो । निस्सन्देह ! यस्तो आत्माको लागि शिकार र शिकारको लागि चाहिने जनावर नै पर्याप्त हुन्छ ।

यसको सबैभन्दा पवित्र रूप भनेको कुनै समय यसले तिमीलाई खुब प्रेम गर्दथ्यो । अब भने यी पवित्र चीजहरूमा समेत भ्रम र मनोमानी खोज्न बाध्य छन् । किनकि, आफ्नै प्रेमबाट यसले स्वतन्त्रता कब्जा गर्न सक्छ । यो चीज कब्जा गर्नको लागि सिंह नै चाहिन्छ ।

तर भाइबहिनीहरू हो ! मलाई भन, बालकले के गर्न सक्छ ? जुन काम सिंहले समेत गर्न सक्दैन । शिकार गर्ने सिंह, जो अझै बालक बन्न बाँकी छ । किन होला थाहा छ ?

निर्दोषता भनेको बालापन हो । बिर्सनु भनेको नयाँलाई सम्झनु हो । खेल भनेको अन्तर आन्दोलन हो । पहिलो आन्दोलन हो । पवित्र आन्दोलन हो ।

हो, खेल सृष्टिको लागि ऊर्जा हो । मेरा भाइहरू हो ! जो जीवनको लागि एउटा पवित्र द्वार हो । जो जीवनको लागि अति आवश्यक छ । यसको आफ्नै इच्छा हुन्छ । जसलाई आत्मा आफैँले इच्छा गर्दछ । जसको आफ्नै संसार छ । जसले प्रत्येक संसारको अवरोधलाई जित्दछ ।

आत्माको तीन रूपान्तरण बारे मैले तिमीलाई बताएको छु । कसरी आत्मा ऊँट, ऊँटबाट सिंह, र सिंह अन्ततः शिशु भयो ?

यसरी जराथुस्त्र बोले ।

त्यसैबेला उनी द पिड काउ भनिने शहरमा पसे ।

२. सद्गुणको शैक्षिक कुर्सीहरू

मानिसहरूले जरथुस्त्रलाई एउटा बुद्धिमान व्यक्तिको रूपमा प्रशंसा गरे । जसले निद्रा र सद्गुणको बारेमा राम्रोसँग प्रवचन दिन सक्थे । यसको लागि उनलाई निकै सम्मान गरिनुको साथै पुरस्कृत पनि गरियो । यो यावत काम सकिएपछि समस्त युवाहरू उनको कुर्सी अगाडि बसे । अन्ततः जराथुस्त्र पनि उनीहरूकहाँ गए । कुर्सी अगाडि बसेका युवाहरूमाझ बसे । अनि भन्न थाले:

निद्राको उपस्थितिमा आदर र विनम्रता चाहिँदैन ? पहिलो कुरा यही हो कि, छट्पटाउँदै सुत्ने र जाग्राम बस्नेहरूबाट आजैदेखि टाढा जाऊ ।

निद्रामा विनम्रता त चोरले पनि अपनाउँछ । तसर्थ ऊ कसैलाई बाधा नपुर्याई चोरी गर्छ । तथापि, ऊ रातको पहरेदार हो । जो आफ्नो हतियार बोकेर हिँड्छ ।

सुत्नु कुनै सामान्य कला होइन । जसको लागि दिनभर जाग्नु आवश्यक छ ।

दिनको दश पटक तिमीले आफूलाई जित्नैपर्छ । जसले स्वस्थ थकानलाई निम्तो दिन्छ । जसले आत्मालाई घच्घच्याउन थाल्छ ।

पुनः दस पटक तिमीले आफैंसँग मिल्नुपर्छ । यो भनेको तिक्ततालाई जित्नु हो । त्यसपछि भने मिल्न नसक्नेलाई आनन्दले निद्रा लाग्छ ।

दिनमै तिमीले दस सत्यहरू फेला पार्नुपर्छ । नत्र तिमी यो काम राति गर्छौ । जुन बेला तिम्रो आत्मा भोकाइसकेको हुन्छ ।

दिनमा दस पल्ट हाँस्नुपर्छ र हाँस्न सिक । अन्यथा तिम्रो पेट दु: खी हुनेछ । दुःखको पिता तिमीलाई सताउन रातमा जागरुक हुनेछन् ।

थोरैलाई मात्र यो थाहा छ । तैपनि आरामसँग सुत्नको लागि सबै सद्गुणहरू हुनुपर्छ । के म झूटो संदेश फैलाउन सक्छु ? के म व्यभिचार गरूँ ?

के म मेरो छिमेककी दासीको लोभमा परूँ ? जोसँग सबै खालका निद्राहरू निदाउन सहमत हुनेछन् ।

यदि कोही कसैमा सबै किसिमका गुणहरू छन् भने, त्यसमा अझै पनि एउटा कुराको आवश्यक छ । त्यो हो, सही समयमा आफूलाई सुत्न पठाउनू ।

किनभने, तिनीहरू एकअर्कासँग झगडा नगरून् । असल नारीहरू हो ! तिमीहरू आफ्नो बारेमा आफ्नै कारणले दुःखी छौ ।

ईश्वर र तिम्रो छिमेकीसँग शान्ति स्थापना होस् । त्यसैले त मीठो निद्राको आवश्यकता छ । साथै तिम्रो छिमेकीको शैतानसँग पनि शान्त रह । नत्र भने उसले तिमीलाई रातमा निकै सताउनेछ ।

सरकारलाई सम्मान गर । आज्ञाकारी र कुटिल सरकारलाई पनि ! किनकि, तिमीलाई मीठो निद्रा चाहिन्छ । यदि शक्तिले बाङ्गो खुट्टामा हिँड्न मन गर्छ भने, खै ! यसलाई कसरी मद्दत गर्न सक्छु र ?

जसले आफ्नो भेडाहरूलाई हरियो मैदानमा लैजान्छ, त्यो सधैंको लागि मेरो सबैभन्दा असल गोठालो हुनेछ । जो यो मीठो निद्रासँग आनन्दले मिल्छ ।

म धेरै सम्मान चाहन्नँ । न त थुप्रै खजाना चाहन्छु ! तिनीहरूले पीडालाई झनै उत्तेजित बनाउँछन् । तैपनि यो असल नाम र ठिक्कको खजाना बिना निद्रा कहिल्यै मीठो हुँदैन ।

एउटा सानो संसार, जो मेरो लागि जति नै खराब किन नहोस् ! त्यसलाई मेरो पूर्ण स्वागत छ । तैपनि उसले सही समयमा आवत जावत गर्नुपर्छ । तसर्थ ऊ मीठो निद्रासँग मिल्न जान्छ ।

ठीक छ । हे दुःखीहरू हो ! तिम्रो आत्मालाई दुःखले खुशी पार । तिनीहरू नै हुन्, जसले मीठो निद्रालाई आमन्त्रण गर्छन् । तिनीहरू धन्य हुन्, जो सधैँ एक अर्कालाई केही न केही दिइरहन्छन् ।

हो, यसरी नै पुण्य गर्नेहरूको दिन बित्छ । जब रात आउँछ, तब निन्द्रा किन आउँदैन ? ख्याल गर । उसलाई बोलाएको पिटिक्कै मन पर्दैन । निद्रा, जो गुणहरूको स्वामी हो ।

तैपनि मैले दिनमा चाहिँ के गरेँ ? के सोचेँ ? बेला बेला यसरी रुँदै, गाईलेझैं धैर्य गर्दै आफैँलाई सोध्छु: तिम्रो दश विजयहरू के थिए ?

ती दश मेलमिलाप, दश सत्य र हाँसोहरू के थिए ? जससँग मेरो हृदयले भरपूर आनन्द उठायो ?

यसरी चिन्तन गर्दै गर्दा, विचारै विचारको संग्रहले मलाई एकैचोटि समात्छ । निद्रा ! जो अव्यक्त गुणहरूको स्वामी हो ।

निद्राले मेरो आँखा छोप्छ । जसले यो आँखालाई भारी बनाउँछ । मेरो ओठ पनि छुन्छ, तैपनि यो भने खुल्ला नै रहन्छ । अवाजविहिन ।

साँच्चै नै, नरम ओछ्यानमा सुतिरहेको बेला ऊ मलाई लिन आउँछ । जो चोरहरूको सबैभन्दा प्रिय अखडा हो । जहाँबाट उसले मेरो विचारहरू चोर्छ । मूर्ख ! के यो शैक्षिक कुर्सीझैँ म पनि खडा हुन सकेको छु ?

तैपनि म धेरै बेर उभिन सक्दिनँ । किनकि, म पहिलेदेखि झूट बोलिरहेको छु ।

जब जराथुस्त्रले ज्ञानी मानिसलाई यसरी बोलेको सुने, उनी मनमनै बेस्सरी हाँसे । यसरी उनमा ज्योति उदाएको थियो । र यसरी नै उनले आफ्नो हृदयसँग भने:

एक मूर्ख मानिस ! जो आफ्नो अनेकौं विचारहरूको मदतले बुद्धिमान देखिन्छ । तर म विश्वास गर्छु कि, कसरी सुत्ने ? यो विषयमा ऊ अझै अज्ञानी छ ।

ज्ञानी मानिसको छेउमा बस्ने त्यो मानिस पनि धन्य हो ! यस्तो निद्रा संक्रामक हुन्छ । बाक्लो पर्खालबाट पनि यो अरूमा सर्छ ।

उनको शैक्षिक कुर्सीमा जादू पनि बस्छ । त्यसैको प्रभावमा ती युवाहरू सद्गुणको प्रचारक अगाडि बसेका हैनन् ?

आरामसँग सुत्नको लागि जागा रहनु नै उनको बुद्धिमानी हो । यदि साँच्चै नै, जीवनको कुनै अर्थ छैन र मैले बकवास बाटो या केही रोजेको छु भने, यो नै मेरो लागि सबैभन्दा मनमोहक बकवासी हुनेछ । व्यार्थता हुनेछ ।

मैले बुझेको छु कि, जुन बेला मानिसहरूले सद्गुणले भरिएका शिक्षकहरूको खोजी गरे, त्यो भन्दा पहिले के खोजेका थिए ? कि आफ्नो लागि मीठो निद्रा खोजेका थिए ? त्यसलाई बढावा दिने मुख्य गुणहरू के होलान् ?

शैक्षिक कुर्सीमा विराजमान ती सबै प्रशंसनीय महापुरुषहरूका लागि मन भनेको सपना बिनाको निद्रा थियो । उनीहरूलाई जीवनको कुनै उच्चतम् महत्त्वबारे केही थाहा थिएन ।

अहिले पनि त यहाँ सद्गुणका विविध प्रचारकहरू छन् । ती त्यति सम्मानजनक छैनन् । उनीहरूको समय बितिसकेको छ । उनीहरू धेरै लामो समयसम्म टिक्न सकेका छैनन् । उनीहरू पहिलेदेखि नै झूटको आवरणले बेरिएका छन् ।

धन्य ती निद्रालुहरू । जो आनन्दसाथ चाँडै निदाउछन् ।

जराथुस्त्र यसरी बोले ।