
साहित्यपोस्ट
साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो–कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।
यो साता नवीन अभिलाषी ‘नारी सौन्दर्य’, आरपी गाउँलेको ‘आधुनिक नारी’ र बीएस नीरवको ‘नारी सौन्दर्य’ गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ |
छनोटमा परेका यी कविताहरू आगामी वर्ष साहित्यपोस्टको पहिलो वार्षिकोत्सवमा प्रकाशन हुने फोटोकविता संग्रहमा समावेश गरिनेछ ।
तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरूमध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।
प्रतियोगिताको रीत पुर्याई २० वटा कविता प्राप्त भएका थिए भने नियमविपरीत १४ वटा थप सिर्जनाहरू प्राप्त भएका थिए । नियमविपरीतका सिर्जनालाई भने प्रतियोगितामा समावेश नगरिएको निर्णायक मण्डलले जनाएको छ ।
कवितालाई प्रथम, द्वितीय र तृतीय भनी वर्गीकरण नगरी सबैलाई सर्वोत्कृष्टका रूपमा छनोट गरिएको छ । सबै उत्कृष्ट भएकाले यसो गरिएको निर्णायक मण्डलको भनाइ छ ।
फोटो कविता प्रतियोगिताको आठौँ शृंखला भोलिदेखि शुरू हुनेछ ।
यस्ता छन् पुरस्कृत कविताहरूः






यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 










