साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फोटो कविता प्रतियोगिता २२ का लागि कविता आव्हान

 

साहित्यपोस्ट साहित्य क्षेत्रको यस्तो पत्रिका हो, जसले लेखक–कविहरूका उत्कृष्ट रचना प्रकाशित मात्र गर्दैन, नवप्रतिभाहरूलाई फल्ने / र फुल्ने वातावरण पनि तयार पार्दछ ।

यसै सन्दर्भमा साहित्यपोस्ट डटकम र विमलफोटोडटकमको संयुक्त पहलकदमीमा जारी फोटो कविता प्रतियोगिताको बाईसौं संस्करणका लागि कविता आह्वान गरिएको छ।

bahulako diary small and inside post

यो फोरम नवप्रतिभा एवं चर्चित कविहरूको संयुक्त फोरम हो, जहाँ तोकिएको विषय र तस्बिर दिएर कविता लेखनको प्रतिस्पर्धा गराइन्छ ।

अमेरिकाको बोस्टनमा स्थानीय पत्रपत्रिका र अनलाइनहरुका लागि फोटोपत्रकारिता गरिरहेका विमल नेपालले खिचेका तस्बिर हेरी कविता लेख्ने यो प्रतियोगिताका २१ ओटा संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । बाईसौं संस्करणका लागि तल प्रकाशित तस्बिर हेरी तलको कमेन्ट बक्समा सहभागीहरूले कविता पठाउनुपर्नेछ ।

यो प्रतियोगितामा कविता पठाउन यसै पेजको तल कमेन्ट बक्समा तस्बिरसँग मिल्दो कविता पठाउनु पर्ने निर्णायक मण्डलले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनेहरूले यसअघि यसै पेजमा कविता नराखेर साहित्यपोस्टको फेसबुक पेज, इमेल ठेगाना र अन्य माध्यमबाट कविता पठाउनुभएका कारण ती कविता प्रतियोगिताभित्र नपरेको प्रधानसम्पादक अश्विनी कोइरालाले जानकारी दिएका छन्।

प्राप्त कविताहरूमध्येबाट तीनवटा सर्वाेत्कृष्ट रचनाहरू प्रत्येक साता चयन गरिनेछ। यसरी हप्तैपिच्छे चयन गरिएका कविताको सँगालोलाई वर्षको अन्त्यमा एउटा फोटो कवितास‌ंग्रहका रुपमा प्रकाशित गरिनेछ । उत्कृष्ट कवि–कवयत्रीहरूलाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार पनि अर्पण गरिनेछ ।

एकपटक पुरस्कृत भइसकेका कविलाई पुनः प्रतियोगितामा समावेश गराइने छैन । एकै कविलाई एकपटक भन्दा धेरै पुरस्कृत गर्नुपर्ने अवस्था आउन सक्ने हुँदा एकपटक उत्कृष्ट तीनमा पर्न सफल कविलाई पुनः प्रतियोगितामा समावेश नगर्ने निर्णय गरिएको साहित्यपोस्ट, काव्य विभागले जनाएकाे छ ।

यस अंकका लागि विषय डराएका परेवाहरू अथवा अशान्त मन दिएको छ । प्रतियोगितामा सहभागिता जनाउन कविले दुईमध्ये एक विषयमा रहेर वा ‘देशमा पुनः अशान्ति हाेला कि भनेर डराएका शान्तिदूत परेवाहरू’  सँग मिल्दाे भावकाे कविता लेखी ताेकिएको समयभित्र यसै पेजकाे कमेन्टमा (तलपट्टि) पाेस्ट गर्नु पर्नेछ ।

कविता पठाउने अन्तिम मिति पुस १३ गते साेमबार रातकाे ११ बजेर ५९ मिनेटसम्म रहेको छ । प्राप्त कविताहरूबाट विज्ञ एवं स्वतन्त्र कवि तथा समीक्षकहरूको रहोबरमा पुस १४ गते मंगलबार सर्वोत्कृष्ट तीन कविका कवितासहित नतिजा प्रकाशन गरिनेछ ।

प्रस्तुत फोटो देख्नेबित्तिकै तपाईंको मनमा कस्ता भाव आउँछन्, माथि उल्लेखित विषयमा रहेर कविताका रूपमा लेखेर पठाउनु होला । जसको लेखन जति कलात्मक हुन्छ, त्यसको गहिराइका अनुसार निर्णायकहरूले नम्बर दिनेछन् ।

प्रतिक्रिया
Loading...