तिलक पोखरेल

परदेशी मित्रले सोध्यो-

त्यता कस्तो छ हालखबर ?

मैले आँगनको तुलसीको मैरो हेर्दै

विचारमा मुस्कान मुछ्दै

भनेको थिएँ –

हेर केटा !

तैँले लेखेको गीत उस्तै छ

तर कुरा यत्ति हो

धुनको रङ भने उडिसकेको छ ।