
अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को अवसर पारेर गत आइतबार एक शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम गर्यो ।
अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, कवि तथा कलाकार रमेश श्रेष्ठ, कवि गोवर्द्धन पूजा र कवि तथा समालोचक महेश पौड्याल लगायतले शुभकामना मन्तव्य दिनुभयो ।
कार्यक्रममा कविहरू रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन, कपिल अञ्जान, दिलु थापा मगर, प्राञ्जल, रामचन्द्र शर्मा, ऋद्धिमा रिजाल लगायतले आ-आफ्ना कविता, गजल, मुक्तक वाचन गर्नुभएको थियो । अतिथि स्रष्टा तथा रचना वाचकहरूलाई च्याप्टरले सम्मान-पत्रसमेत वितरण गरेको थियो ।
कार्यक्रममा केही महिनाअघि अनेसास कोरियाले आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरणसमेत गरेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुभएका कविहरू क्रमशः युवराज फुँयाल, निर्दोष शिव र माधव लम्साललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष डि. आर. न्यौपाने सूर्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक आर. एन. दिनुभएको थियो ।
विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल, मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यस कार्यक्रममा पनि हरेक विधामा कलम चलाउने अधिक स्रष्टालाई उपस्थित गराएको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा केही न केही सहयोग पुग्ने अपेक्षा लिएको संस्थाका अध्यक्ष प्रमोद सारङ्गले बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
अनेसास कोरियाको बृहत् रचना वाचन कार्यक्रम तथा पुस्तक विमोचन सम्पन्न
१५ असार २०८३, सोमबार 








