अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय बाल समितिले आयोजना गरेको “अनेसास बालकविता प्रतियोगिता, २०७७” को नतिजा प्रकाशित गरेको छ ।
सो प्रतियोगितामा पोर्चुगलका मनस्वी खराल प्रथम, अमेरिकाका विवेक खरेल द्वितीय र जापानका रिआना बोगटी तृतीय भएका छन् ।
सर्वोत्कृष्ट मध्येका प्रथम हुनेले ३००, द्वितीय हुनेले २०० र तृतीय हुनेले १०० अमेरिकी डलर प्राप्त गर्नेछन्।
साहित्यकार महेश पौडेल (नेपाल)को संयोजनमा सुमलकुमार गुरुङ (बेलायत) र सुरेन उप्रेती (क्यानडा) रहेको तीन सदस्यीय निर्णायक समितिले सो निर्णय गरेको हो । अनेसास महासचिव गणेश घिमिरेद्वारा जारी विज्ञप्तीअनुसार प्रतियोगिताका लागि प्राप्त भएका सबै कविताहरु उत्कृष्ट थिए । प्रतियाेगिताकाे संयाेजक स्वयं अनेसास बाल समितिका संयोजक डा. केशव शर्मा रहेका थिए ।
निर्णायक समितिका संयोजक महेश पौडेलले यस महत्त्वपूर्ण प्रतियोगितामा निर्णायक मण्डलको संवेदनशील जिम्मेवारी दिएकोमा कृतज्ञता व्यक्त गरेका छन्।
आसन्न भयावह र विपद्को समयमा पनि अनेसास बाल समितिले नानीबाबुहरुलाई संलग्न गराएर यस्तो महत्त्वपूर्ण प्रतियोगिता गराएकोमा केन्द्रीय कार्यसमितिको तर्फबाट अध्यक्ष राधेश्याम लेकालीले हार्दिक धन्यवाद व्यक्त गरेका गरेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

