कोविद १९ रोगको सन्त्रासबाट उत्पन्न प्रतिकूल परिस्थितिमा सिर्जनशील तरिकाले मानवीय सहयोगमा टेवा पुर्याउने उद्देश्यले फोरम फर नेसन बिल्डिङ नेपालले खुला कविता प्रतियोगिता आयोजना गरिरहेको छ ।
सातौँ हप्तासम्म आइपुग्दा प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजक फोरम फर नेसन बिल्डिङले जनाएको छ ।
सातौँ हप्ताको प्रतियोगितामा भाग लिएका मध्येबाट संस्थाले रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका लाप्का निवासी सन्तोष पौडेलको ‘विद्रोहको स्वर’ प्रथम घोषित भएको छ । यस्तै इलामका विपिन रेग्मीको ‘किसान’ तथा अर्घाखाँचीकी सुष्मा गौतमको ‘सपना’ तेस्रो भएको छ । यसैगरी मोरङका केशव भण्डारीको ‘रोकिएको शहर’ तथा स्याङ्जाकी प्रतीक्षा पौडेलको ‘अन्तर्जातीय प्रेम’ पाँचौँ बन्न पुगेको छ ।
प्रथम कविताले पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ भने दोस्रो र तेस्रोले क्रमशः तीन हजार र दुई हजार रूपैयाँ प्राप्त गरेको फोरम फर नेसन बिल्डिङले जनाएको छ ।
अर्को साताका लागि पनि प्रतियोगिताका लागि कविताहरू पठाउन संस्थाले आह्वान गरेको छ । कविताको मूल विषय मानवीय सेवा हुनुपर्ने पनि संस्थाले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

