अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको तत्वावधानमा विश्वव्यापी रुपमा फैलिएको काेराेना (काेभिड-१९)का कारण सर्जकले भाेग्नु परेकाे लकडाउन र यससँग सम्बन्धित विषयमा खुला “संस्मरण लेखन विश्वव्यापी प्रतियोगिता” को आयोजना गरिने भएको छ।

संस्मरण लेखकले “लकडाउन अनुभूति” लेखी पठाउनुपर्ने बताइएको छ। प्रतियोगितामा भाग लिन रचना पठाउने विभिन्न सात नियम तोकिएका छन्।

१) आफ्नाे रचना तथा संस्मरण इमेल मार्फत पठाउनुपर्नेछ ।

२) रचना टाइप गरेको हुनुपर्नेछ ।

३) रचना तथा आलेख अप्रकाशित र बढीमा २००० शब्दको हुनुपर्नेछ ।

४) कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा लेख/रचना स्वत: अस्वीकृत हुनेछ ।

५) एकजना सर्जककाे एउटा मात्र लेख प्रतियोगितामा समावेश गरिने छ । एकभन्दा बढी आएमा स्वतः रचना रद्द हुनेछ ।

६) रचना/संस्मरण कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ ।

७) रचना विषय केन्द्रित नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । स्रष्टाले आफ्नो संस्मरणका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

८) प्रतियोगिताका लागि प्राप्त रचना कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्वीकृत गरिनेछ ।

९. प्रतियोगिताका लागि प्राप्त रचनाकाे भाव, भाषा, शैली र घटनाहरु एउटै पृष्ठभूमिकाे पाइएमा वा अरूसँग कसैको संस्मरणकाे अंश मिल्न गएमा या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

१०. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय आयोजकको रहने छ ।

११.संस्मरणात्मक रचना प्राप्त हुनुपर्ने अन्तिम मिति २०७७ साउन मसान्तसम्म हुनेछ ।

१२. पुरस्कार :
प्रथम -रू.३०,०००/- ( रू.तीस हजार)
द्वितीय -रू.२०,०००/- (रू.बीस हजार)र
तृतीय -रू.१०,०००/- (रू.दस हजार) रहने छ ।

१३. पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ रचनाहरुकाे को सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका रचनाहरु निर्णायक मण्डलले संकेतात्मक (काेडिङ्ग)का आधारमा अध्ययन गरी नतिजा सार्वजनिक गरिने छ ।

१४. यस प्रतियोगितामा समावेश उत्कृष्ट संस्मरणहरुसहित सङ्ग्रह प्रकाशित गरिनेछ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले जनाएको छ ।

रचना पठाउने सम्पर्क
Email: inlslockdownmemirise@gmail.com रहेको पनि समाजले जानकारी गराएको छ।