कालेबुङ, भारत/ संवाद कालेबुङद्वारा आयोजना भइरहेको ‘सुकुमाया प्रधान स्मृति कविता प्रतियोगिता 2020’ अन्तर्गत छानिएका ‘टप टेन कविको नाम’ घोषणा गरिएको छ ।
कोरोना संक्रमणका बीच सर्वसाधारण घरभित्र थुनिएको अवस्थामा युवाहरूलाई सिर्जनात्मक बाटोमा ल्याउने उद्देश्यले शुरू गरिएको यस प्रतियोगितामा सहभागिता जनाउन भारतका हरेक प्रान्तबाट आएका कवितालाई समावेश गरिएको थियो ।
छोटो समयमा नै सोचेभन्दा धेरै कविताहरू प्राप्त भएको आयोजक संवाद कालेबुङले जनाएको छ ।
आएका कवितामध्ये अन्य कविको कविता वाचन गरिएका र ब्याक भोइस मात्र राखिएका कविताहरूलाई प्रतियोगितामा समावेश नगरिएको र छानिएका कविताहरूमध्येलाई पहिलो चरणका निर्णायकहरू कवि रवि रोदन सिक्किम, कवि छेवाङ योञ्जन पेशोक, कवि सुरज रोसुरी सिलिगुड़ी र कवि राकेश क्रान्तिकारी कालेबुङले दिएको अङ्कलाई आधार मानी उत्कृष्ट दस कविता छनोट गरिएको थियो ।
छानिएका दस कविले पुनः नयाँ कविता वाचन गरी आउँदो बुधबारभित्र संवाद कालेबुङलाई पठाउनु पर्ने संस्थाले जनाएको छ। पठाइएका नयाँ कवितामार्फत पहिलो, दोस्रो र तेस्रो कवि घोषणा गरिने बताइएको छ।
संवाद कालेबुङले छानेका उत्कृष्ट १० कवि यस प्रकार रहेका छन्ः
1) नारायण काफ्ले, बाग्राकोट डुवर्स।
2) मुकेश गिरी, दार्जीलिङ।
3) ज्योत्सना घतानी, चाल्सा डुवर्स।
4) प्रणय दहाल, इच्छे कालेबुङ।
5) निगम बास्ताकोटी, पत्थरझोड़ा डुवर्स
6) पवित्र शर्मा, लिङ्से कालेबुङ।
7) रिया तामाङ, सिक्किम।
8) सूरज चापागाईं, मणिपुर।
9) सुप्रिया राई, साङ्से कालेबुङ।
10) सूर्य राई, राखली डुवर्स।