महोत्सवमा पुरस्कृत लेखकहरू र तिनीहरूका पुस्तकहरू प्रदर्शन गरिनेछ । सञ्जीव सान्यालको पुस्तक रिभोल्युशनरीजस द अदर स्टोरी अफहाउ इन्डिया वोन इट्स फ्रिडम, कैलाश सत्यार्थीको पुस्तक ‘तुम पहिले क्यु नआये, हिन्दोल सेनगुप्ताको ‘गायन, नृत्य र प्रार्थना’श्रीला प्रबहुपाडा संस्थापक आचार्यको ‘प्रेरणादायक कथा’ रञ्जित होस्कोटेको ‘हंचप्रोज, प्रवीण कुमारको अमर देशवा, लगायतअन्य यस वर्ष केएलएफ बुक अवार्डमा छनोट भएका छन् ।पुरस्कृत नेपाली साहित्यकार रञ्जना निरौला सम्पादक, समालोचक, नेपाली र अङ्ग्रेजी साहित्यमा कलम चलाउने कवि, प्यानलिस्ट, अनुसन्धानकर्ता, क्युरेटरे तथा वक्तासहित रहेकी छिन् । सुमित शर्मा ‘समीर’ लन्डन स्कूल अफ इकोनोमिक एन्ड पोलिटिकल साइन्स, बेलायत र क्वीन्स युनिभर्सिटी, क्यानडाका स्नातक हुन् । उनले लोयओला कलेज, चेन्नई, भारतबाट समाजशास्त्रमा स्नातक पूरा गरका लेखकको ‘वेक अप अर्ली वेक अप नाउ’ नेपाली भाषाबाट अनुवाद गरिएको उनको पहिलो कथाको कृति हो। हाल उनी बेलायती राजदूतावास, काठमाडौँ, नेपालमा, राजनीतिक सल्लाहकारको रूपमा काम गर्छन् ।
केएलफ बुक अवार्डले स्थापित र नयाँ लेखक दुवै विधाका साहित्यिक प्रतिभाहरूलाई पहिचान, मान्यता, प्रोत्साहन र सम्मान गर्ने अवसरहरू खोल्छ । यसको उद्देश्य भविष्यका साहित्यिक प्रतिमाहरूलाई आकार सम्मान र प्रोत्साहन दिनु हो । भुवनेश्वरमा केएलफको वार्षिक कार्यक्रम फेब्रुअरी २४, २५ र २६ २०२३ मा हुने केएलफ पुस्तक पुरस्कारहरू पुरस्कार निर्णायकहरूको सिफारिसका आधारमा चयन गरिएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










