एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – देवव्रत ।
प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले देवव्रत सँग गरेको कुराकानी :
प्रथमतः साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि हार्दिक बधाई । पहिलो संग्रहले नै यस प्रकारको मान्यता पाउनुलाई कसरी लिनुहुन्छ ?
– पुरस्कार पाउनु मेरो लागि खुसीलाग्दो कुरा भयो, पुरस्कार नै पहिलो कृतिलाई दिइने भएकाले पहिलोले पायो भनेर घमण्ड भएन । तर पुरस्कारले अलि भारी थपिए जस्तो चाहिँ बनाउने रहेछ ।
छन्दमा कविता लेख्नुहुन्थ्यो, किताब फेरि गद्यको आयो नि ?
– खासमा छन्दमा गाली गर्न त्यति मजा आएन अनि…।
कवितामा अलि अराजकता चाहिन्छ भन्नुहुन्छ, यो भनेको के हो ?
– हाहा, त्यस्तो त भनिनँ होला । तर कविता सरकारी मुखपत्र होइन चाहिँ भनेको हो । किनकि कवि सदाबहार प्रतिपक्षी हो । हाम्रो जस्तो देशमा त झन् यसको खाँचो छ ।
व्यक्ति अराजक र कविता अराजक कुन बढी महत्त्वपूर्ण हुन्छ ?
– कविता । कवि अराजक हुनुको कुनै अर्थ वा साइनो छैन कवितासँग । त्यो व्यक्तिगत आवरण मात्र हो । कपडा भन्दा शरीर नै महत्त्वपूर्ण हो ।
कवितामा कहिलेकाहीं अलिक अश्लील शब्द पनि प्रयोग गरेको पाइन्छ खासमा श्लील र अश्लील भनेको के हो ?
– कहिलेकाहीँ कविताबाटै गाली पनि गर्नुपर्ने हुन्छ । त्यसैले अश्लील भनिएका ‘लोक लय’का शब्दहरू आउनु अस्वाभाविक होइन ।
अहिले लेखिरहेका कविताबाट सन्तुष्ट हुनुहुन्छ ? कुनै भेटमा भन्नुभएथ्यो – कवितामा च्यालेन्ज लिन सक्नुपर्छ । यसलाई बुझाइदिनु न ।
– मेरो प्रयास कवितामा आफूलाई पोख्नु हो । तर, मैले आफू सन्तुष्ट हुने कविता लेख्न बाँकी छ । त्यो लेखिसकेपछि त लेख्न बाँकी के रहन्छ र ! रिस्क लिन सक्नुपर्छ भन्नाले हामी खासमा पहिले नै पाठक खोज्न थालेका छौं । हामी भन्नाले हाम्रो जेनेरेशन । लेख्दा पढ्दैनन् कि भनेर आफूले के चाहेको हो, लेख्न डराउन हुन्न भनेको हो ।
एपेक नेपालले तपाईंको प्रदेशबाट प्रतिनिधि कविको रूपमा तपाईंलाई सम्झेको छ, कस्तो लाग्दैछ ?
– १३ राम्रा कविहरूसँग उभिन पाएको छु, उहाँहरूबाट केही सिक्ने अवसर जुर्छ भनी सोचेर खुसी लागेको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।