तनहुँ, वैशाख १ / गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजना र एपेक्स मल, दमौलीको प्रायोजनमा नयाँ वर्षको अवसरमा ‘रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न गरियो ।
संस्थाका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि काशीनाथ न्यौपाने रहनु भएको थियो।
कार्यक्रममा नेपाली अङ्ग्रेजी, सांस्कृतिक प्रकाण्ड विद्वान प्रा डा. जयराज आचार्य,भानु साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा डा. वर्त राज आचार्य, विजयराज भट्टराई,काशीराज आचार्य, रंगनाथ पौडेल, ब्रमदत्त तिम्सिना,महाप्रसाद हड्खले, एपेक्स मलका निर्देशक उज्ज्वल भट्टराई, दीपक राज जोशी, अतिन्द्रकेसरी न्यौपाने,गौकुमारी न्यौपाने लगायतका कवि,साहित्यकारको उपस्थिति रहेको थियो।
सात स्रष्टाका रचना वाचन गरी नयाँ वर्ष मनाउने अभिप्रायले सञ्चालन भएको कार्यक्रममा दिवाकर भट्टराई,श्रीराम भट्टराई, शिव आर्य,शान्ता वास्तोला, बाबुराम सापकोटा, रामकुमार श्रेष्ठ ‘ फुच्चे’ र सन्देश अधिकारीले गीत, गजल, कविता, मुक्तक सुनाएका थिए।
कार्यक्रममा आकाश अधिकारीको लेखन तथा महाप्रसाद हड्खलेको निर्देशनमा नाटक’ समय संवाद’ मञ्चन समेत गरियो ।
नाटकले सडक बालबालिकाको अवस्था र उनीहरूको भविष्यको बारेमा सरोकार वाला निकायले खासै चासो नदिएको, बालबालिकालाई आफ्नो अधिकारबाट समाजले बञ्चित गरेको घटनालाई नाटकमा उतारिएको थियो।
प्रा डा. जयराज आचार्यले तनहुँमा भानुभक्त आचार्य नरहे पनि युवापुस्ताले साहित्यलाई सँगै लिएर अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन अञ्जना तिमल्सिनाले गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।