गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले संस्थाको सातौँ स्थापना दिवसको पूर्वसन्ध्यामा शुभकामना तथा चियापानको आयोजना गरेको छ।

प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीको अध्यक्षता बसेको बैठकमा संस्थाका सल्लाहकार डिल्लीराम मिश्र, महाप्रसाद हडखले, भाग्यशाली ढुंगाना साथै प्रतिष्ठानका पदाधिकारी वरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराई उपाध्यक्ष शान्ता बास्तोला, सचिव माधवप्रसाद अधिकारी, कोषाध्यक्ष हरिश्चन्द्र वाग्ले साहित्य संयोजक बन्धुराज अधिकारीलगायत संस्थाका पूर्व उपाध्यक्ष संगम सापकोटाको समेत उपस्थिति रहेको थियो।

संस्थाले स्थापना दिवसको पूर्वसन्ध्यामा २५ हजार राशिको नयाँ पुरस्कारको थालनि यसै वर्षबाट प्रदान गर्ने गरी “नेपाल अधिराज्यमा तनहुँ वांङ्गमय पुरस्कार” को घोषणा गरेको छ। यस पुरस्कारको संरक्षकत्व संस्थाका सल्लाहकार एवम् तनहुँका “प्राज्ञिक शिखर पुरुष” डिल्लीराम मिश्रले प्रदान गर्नुहुने भएको छ।