“गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, गण्डकी प्रदेश नेपालले हरेक वर्ष संस्थाको स्थापना दिवसको सन्दर्भ पारेर घोषणा गर्दै आइरहेको पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गरेको छ । संस्थाको नियमित बैठकमा वर्ष २०८० मा प्रदान गरिने पुरस्कार र पुरस्कृत स्रष्टाहरूको नाम पुरस्कार छनौट समितिले संस्थालाई उपलब्ध गराएको हो ।
जस अन्तर्गत क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार -२०८० डा. नवराज लम्साललाई छनौट समितिको सिफारिसमा प्रदान गर्ने निर्णय गरेको छ । सो पुरस्कारको राशि पच्चिस हजार रहेको छ ।
त्यसैगरी, गीतल राष्ट्रिय पुरस्कार- २०८० तिला लेकाली (मोरङ) लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि दश हजारको रहेको छ ।
त्यस्तै, गीतल प्रतिभा पुरस्कार- २०८० सोभा सिंह ठकुरी, तनहुँलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशि पाँच हजार रहेको छ ।
बैठकमा संस्थाका अध्यक्ष आकाश अधिकारीले पुरस्कृत स्रष्टाहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
मोफसलबाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले चालिसको दशकदेखि तनहूँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा, साहित्य, कला, संगीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।