
२०९ औं भानुजयन्ती तथा व्यास जयन्तीका अवसरमा गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा कवितावाचन सम्पन्न गरियो ।
संस्थाका अध्यक्ष आकाश अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दमौलीस्थित अनसन चौतारीबाट मोटरसाइकल र्याली शुरू गरी भानु घाँसी पार्क, घाँसीकुवासम्म पुगेर भानुभक्त तथा घाँसीको शालिकमा माल्यार्पण तथा कविता वाचन गरी उल्लासका साथ भानु जयन्ती मनाइयो ।
सो अवसरमा चार वेद अठार पुराणका रचयिता महर्षि वेद व्यासको जयन्ती पनि परेकाले व्यासको प्रतिमामा माल्यार्पण गरियो ।
कार्यक्रमको संचालन संस्थाका सचिव दिवाकर भट्टराईले गर्नु भएको थियो।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 










