महेश्वर पन्तको नवीनतम् उपन्यास “बौलाको डायरी” लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको आयोजनामा भएको कार्यक्रमका बिच पुस्तकको लोकापणर्का साथै पुस्तममाथि परिचर्चा समेत गरिएको हो ।
कार्यक्रममा आख्यान पुरुष ध्रुवचन्द्र गौतम, समीक्षक राजकुमार बानियाँ, साहित्यकार राधेश्याम लेकाली र कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठनका अध्यक्ष तथा अर्थशास्त्री पार्थीवेश्वर तिमिल्सिनाको अतिथ्यता रहेको थियो । अतिथिहरुको संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभएको हो ।
मोओवादी जनयुद्धलाई उपन्यासले पृष्ठभूमि बनाएको छ । मुख्य पात्र जनयुद्धकै विद्रुप वास्तविकताले बौलाउन बाध्य भएको छ । तेजबहादुर घर्तीको आत्मकथा जस्तो बनेर बगेको उपन्यास नेपाली समाजले झेलेर एक कठिन कालखण्डको एक दृष्टान्त बन्न पुगेको छ ।
कार्यक्रममा बोल्दै पन्तको अनुभवी कलमको नमूना “बौलाको डायरी” भएको कार्यक्रमका मुख्य आकर्षण ध्रुवचन्द्र गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “प्रेम, आशा, निराशा, युद्ध र त्यसपछिको पात्र-जीवनले विविध सन्देश दिएको छ । पात्रको बाल्यकाल अर्थात् गाउँले जीवन अत्यन्त सजीव र मार्मिक छ । भावुकता र करुणाले पाठकलाई कतै न कतै भिजाउँछ ।”
त्यस्तै, समीक्षक राजकुमार बानियाँले “बौलाको डायरी” नेपाली राजनीतिको डार्क कमेडी भएको बताउनु भयो । उहाँले भन्नुभयो, “उपन्यासमा विद्रुप हास्य अनि करुण व्यङ्ग्य तिख्खर छ । एक स्वप्निल तरुणको दुःखान्तले पाठक हृदयमा अनन्त हाहाकार ल्याइदिन्छ । आञ्चलिकताका दृष्टिले पनि उपन्यास अब्बल बनेको छ ।”
उपन्यासलाई कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको हो । यो प्रतिष्ठान उपन्यासकार पन्तकै बुबा-आमाको स्मृतिमा स्थापित संस्था हो । उपन्यासकारका बुबा प्रशिद्ध संस्कृतिविद् हुनुहुन्थ्यो ।
सरल भाषा र सरस लेखन शील्प पन्तका विशेषता हुन् । बौलाको डायरी पन्तको दोस्रो उपन्यास हो । यसअघि उहाँका उपन्यास “फुर्लुङ” र कथासङ्ग्रह “नबोल्नेहरु” प्रकाशित छ ।
२ यस २७ पृष्ठमा फैलिएको यो उपन्यासको मूल्य ४ सय ५० नेपाली रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।